तिव्र गतिका कारण  मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु



 

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज बुधबार बिहान ६ बजतिर घोराहीदेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहागनरपालिका १६ सर्रा चोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनुभयाे।

मृत्यु हुनेमा रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका ३ का २१ वर्षीय विवेक पुन र सोही ठाउँका २४ वर्षीय निरज भण्डारी रहेका छन् । मोटरसाइकल पुनले चलाएका थिए भने भण्डारी पछाडि सवार थिए ।

प्रहरी उपरीक्षक मल्लका उद्धार गरी घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको केही बेरमै पौने ७ बजेतिर दुवैलाई चिकित्सकले मृत घोषणा गरेको थियोे  ।

तीव्र गतिका कारण मोटरसाइकलले साइकल यात्रीलाई जोगाउन खोज्दा दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।

मृतक दुवै जनाको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्