लक्ष्मण बस्नेत
तुलसिपुर नगर एथलेटिक्स संघको अध्यक्षमा सिमान पाण्डे चयन हुनु भएको छ । दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक शिवानन्द डागिको रोहवरमा भएको आज मंगलवार भएको भेलाले सिमान पाण्डे अध्यक्ष रहेको ७ सदस्यीय तुलसिपुर नगर एथलेटिक्स संघ गठन गरेको हो ।
जसको उपाध्यक्षमा अरुणा रिजाल,सचिव सन्तोष खड्का, कोषाध्यक्ष विश्वास चौधरी हुनुहुन्छ । त्यस्तै सदस्यहरुमा स्माईल अन्सारी, हेमन्त कडेल (हिमाल) र सुरज केसि रहनु भएको छ । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधिका लागि सिमान पाण्डे र हेमन्त कडेल हिमाल लाई प्रतिनिधि पठाउने निर्णय भएको छ । यसैबीच दङ्गिशरण गाउँ पालिका एथलेटिक्स संघको अध्यक्षमा जितेन्द्र डागी चयन हुनु भएको छ ।
दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राईको अध्यक्षता एवं दङ्गिशरण गाउँपालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारीको रोहवरमा आजै भएको भेलाले जितेन्द्र डागी अध्यक्ष रहेको ९ सदस्यीय दङ्गिशरण गा.पा. एथलेटिक्स संघ सर्वसहमतिले गठन गरेको हो ।
जसको उपाध्यक्षमा बेद बहादुर डागी,सचिब रेशम केसि,कोषाध्यक्ष सरिता बस्नेत हुनुहुन्छ । त्यसैगरी सदस्यहरुमा प्रदिप चन्द,थकाराम वलि,पदम बहादुर बस्नेत राधा बुढाथोकी र सुचना चौधरी रहनु भएको छ । त्यस्तै जिल्ला अधिवेशन प्रतिनिधीमा जितेन्द्र डागी र प्रदिप चन्द लाई पठाउने निर्णय भएको छ ।
भेलामा दङ्गिशरण गाउँ पालिका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख बिनोद अधिकारी, दाङ जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रिय प्रतिनिधि गीता बस्नेत राई, एथलेटिक्स प्रशिक्षक पद्मा चौधरी लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा एथलेटिक्स खेल बिधाका खेलाडि तथा खेलप्रेमिको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन दाङ जिल्ला एथलेटिक्स संघका सचिब लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।