दाङ क्षेत्र नंं २ बाट गठबन्धनका उम्मेद्धार रेखा शर्मा निर्वाचित



रेखा शर्मा – Online Khabar

दाङ क्षेत्र नंं  २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका महासचिव शंकर पोख्रेललाई झण्डै दुई सय मतान्तरले हराउदै गठबन्धनतर्फका उम्मेद्धार रेखा शर्मा निर्वाचित भएकी छिन् ।

उनी १९६ मतान्तरले निर्वाचित भएकी हुन् । उनले २६ हजार ८ सय ७७ मत प्राप्त गरेर निर्वाचित भएकी हुन् । भने उनका प्रतिस्पर्धी एमालेका महासचिव पोख्रेलले २६ हजार ६ सय ८१ मत प्राप्त गरेका छन् । जम्मा ७९ हजार ४ सय ४६ मत खसेको थियो । निर्वाचनमा रेखाको यो पहिलो प्रत्यक्ष प्रतिस्पर्धा हो ।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्