ढकिया हस्तकला उत्पादन एडभान्स तालिम दंगीशरण २ मा सम्पन्न



२५ दिने ढकिया हस्तकला उत्पादन एडभान्स तालिम शुक्रवार दंगीशरण २ मा सम्पन्न भएको छ । वन तथा कृषि सहज कार्यक्रम, सयुंक्त राष्टसंघिय खाध्य तथा कृषि संगठन, वन तथा वातावरण मन्त्रालय, सामुदायीक वन उपभोक्ता महासंघ नेपालको सहयोगमा संचालीत जलवायु अनुकुलीत भु परिधि र सुधारीएको जिवीकोपार्जत कार्यक्रम अन्र्तगत मृल्य अभिबृद्धि कृषि वन उत्पादन मार्फत आय विविधिकरण कार्यक्रम हाम्रो साजाकोट बहुउदेशयीय सहकारी सस्ंथा द्धारा थारु समुदायको जिवीकोपार्जन र आयमुलकमा जोड्नका लागि ढकिया हस्तकला उत्पादन तालीम आज सम्पन्न भएको हो ।

थारु समुदायले प्रयोगमा ल्याईरहने हस्तनिर्मीत वस्तुको संरक्षण र प्रबद्र्धन गर्ने उद्धेश्यले तालीमको आयोजना गरिएको थियो । वस्तु निर्माण मात्र नभएर बजारीकरण गर्ने र आर्थीक संग जोडिएर लैजाने हरेक थारु घरपरिवारलाई आम्दानी संग जोडेर लग्ने तालीमको मुख्य उद्धेश्य हो । पछिल्लो समय थारु समुदायको अवस्था परिवर्तन गर्न महिलाहरुलाई आर्थीक पाटोमा बलीयो बनाउँन उनीहरुको संस्कृतीलाई ब्यवसायीक बनाउँनका लागि यी यस्ता तालीमहरु संचालन हुदै आएका छन् । हरेक कार्यक्रममा बोल्ने वक्ताहरुले हरेक नागरीक आर्थीक रुपमा बलीयो हुन उधमसंग जोडिएर काम गर्नुपर्ने आजको आवश्यक्ता रहेको बताएका थिए । तालीममा सिकेका कुरालाई ब्यवहारीक रुपमा लैजान आग्रह गरेका थिए ।

हाम्रो राजाकोट बहुउदेश्यीय सहकारीका कृषि वन उधम उपसमितीका संयोजक कल बहादुर नेपालीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतीथ्यता तथा सामुदायीक वन उपभोक्ता महासं लुम्बीनी प्रदेशका महासचिव शोभाकर सापकोटा वडा न. २ का वडा अध्यक्ष डम्बर खत्रीको बिशीष्ट आतीथ्यता तालीम समापन गरिएको हो ।

चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य टोप बहादुर घर्ती, वन वातावरण समितीका संयोजक मिना चौधरी, तुलसीपुर कृषि वन उधम सहकारीका अध्यक्ष खुम प्रशाद भण्डारी, स्थानीय वन महासंघका अध्यक्ष शोभाकर भण्डारी, वडा सदस्य लाल बहादुर चौधरी लगाएतले बोल्नु भएको थियो । सहकारकिा लेखा संयोजक ईश्वरी गौतमको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण चक्र मिलन विश्वकर्माले गर्नु भएको थियो ।

यसैबिच सो अवसरमा सामुदायीक वन उपभोक्ता महासंघ नेपालको २९ औँ स्थापना दिवस पनि मनाईएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्