तुलसीपुरबाट नेपालगंजका लागि छुटेको उइंगर गाडीको ढोका एक्कासी खुल्दा दुई जना गम्भीर घाइते भएका छन् ।
सोमबार दिउँसो करिब १ बजेरित तुलसीपुर अमिलिया सडकखण्ड अन्र्तगत पर्ने तुलसीपुर उपमहानगरपालिका १३ बख्रीया स्थित भे १ ज ७५४ नम्बरको उइंगर गाडीको एक्कासी ढोका खुल्न जाँदा जीपमा सवार दुई जना यात्रु गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता जनक मल्लले जानकारी दिनुभयाे ।
घाइते हुनेहरुमा तुलसीपुर उपमहानगरपालिका ८ बेलुवा निवासी २७ वर्षिया खीमा रोकामगर र उनकी २ छोरी सिखा पुन रहेका छन् ।
गम्भीर घाइते आमाछोरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बाँकेको नेपालगंज र्निङ होममा रिफर गरिएको अस्पताललाई उद्धत गर्दे प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सिरियस छ ।
त्यस्तै गाडी चालक नेपालगंज उपमहानगरपालिका–२० बस्ने ४० वर्षिय किशोर थापालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।