
नेशनल प्याब्सन दाङको पाँचौँ बृहत् खेलकुद कार्यक्रम आजदेखि तुलसीपुरस्थित अरनिको मैदानमा सुरु भएको छ। कार्यक्रमको उद्घाटन नेशनल प्याब्सनका केन्द्रीय महासचिव प्रकाश चन्द खड्काले गर्नुभयो।
उद्घाटन कार्यक्रममा बोल्दै खड्काले विद्यार्थीहरूलाई खेलकुदतर्फ आकर्षित गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। नेशनल प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेका अनुसार खेलकुद क्षेत्रको विकास र नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगितामा दाङ जिल्लाका नेशनल प्याब्सनमा आवद्ध १६ वटा विद्यालयको सहभागिता रहेको छ। भलिबल, एथलेटिक्स र तेक्वान्दो लगायतका खेलहरू समावेश गरिएको छ। आजदेखि सुरु भएको खेलकुद कार्यक्रम १६ गतेसम्म सञ्चालन हुनेछ।
१५ र १६ गते ( आज र भाेली) बेलझुन्डीमा भलिबल र एथलेटिक्सका खेलहरू हुने आयोजकले जनाएको छ।

