टोल विकास संस्थाका पदाधिकारीहरुलाई अभिमुखिकरण



No description available.

घोराही उपमहानगरपालिका अन्तरगत सामी शाखाको आयोजनामा पालिका भित्रका विभिन्न वडाका टोल विकास संस्थाका पदाधिकारीहरुलाई सुरक्षित वैदेसिक रोजगार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ ।

उपमहानगरपालिकाको सामी शाखाकी कार्यक्रम संयोजक बसन्ती पुनले दिएको जानकारी अनुसार पालिकाले हालसम्म वडा नम्वर ६, ७, ११, १२, १३ र १७ मा सुरक्षित आप्रवासन सम्बन्धी कार्यक्रम गरिसकेको छ । ‘यस बर्ष पालिका भित्रका सबै वडामा वैदेसिक रोजगारको अवस्थाको विषयमा अध्ययन गरेको थियो । उहाँले भन्नुभयो ‘अध्ययन पछि सबै भन्दा बढी वैदेसिक रोजगारमा जाने वडाहरु छनोट गरेर त्यहाँका सबै टोलका पदाधिकारीहरुलाई वैदेसिक रोजगारसम्बन्धी अभिमुखिकरण गरिएको हो ।

No description available.
संचालन गरिएको अभिमुखिकरणको मुख्य प्रशिक्षकहरुमा घोराही उपमहानगरका प्रशासकिय अधिकृत भोजराज घिमिरे र शाखाकी संयोजक बसन्ती पुन रहनुभएको थियो । जसमा वैदेसिक रोजगार सम्बन्धी बनेका ऐन, नियम, नियमावली, व्यवस्थाहरुको बारेमा जानकारी गराइएको थियो । जस्तै बैदेसिक रोजगारको पछिल्लो अबस्था, गन्तव्य देशमा भोग्नुपरेको समस्या र नेपाल सरकारले गर्दै आएको व्यवस्थाहरुको विषयमा जानकारी गराइएको थियो । अभिमुखिकरणमा स्थानिय सरकारले रोजगारीको क्षेत्रमा गरेका काम, सामी शाखाले गर्दै आएको गतिविधिहरुको विषयमा पनि जाकारी गराइएको छ । टोलका प्रमुखहरुलाई सुरक्षित आप्रवासनबारे प्रशिक्षण पछि त्यसले टोलको कार्यक्रम, नियमित बैठकहरुमा समेत स्थानपाउने र सबै जनतासमक्ष सचेतना पुग्ने पालिकाको अपेक्षा रहेको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्