सल्यान दुर्घटना ः मृत्यु हुनेको पहिचान खुल्यो



दाङको तुलसीपुरबाट सल्यानको झिम्पे जाँदै गरेको यात्रुबहाक बस दुर्घटना हुँदा मृत्यु हुने दुई महिनाको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा तुलसीपुर ६ कि ३१ बर्षीया सुमित्रा सुनार र सल्यान त्रिवेणि गाउपालिका ६ कि ४० बर्षीया अनिता बोहरा रहेको प्रहरीले बताएको छ । उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।

शनिबार दिउसो ३ बजेतिर सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका स्थित मुलपानी नजिकै दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २०८० असोज २० गते शनिवार
प्रतिक्रिया दिनुहोस्