तुलसीपुर नगर जेसीज सन २०२२ का अध्यक्ष केशवराज के।सीले सन २०२३ को लागी राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
आज शनीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी यही पुस ७ देखी १० गते सम्म हुने ४९ औ महाधिवेशनमा के।सी ले उमेद्वारी घोषणा गर्नुभएको जानकारी दिनुभयो।
तुलसीपुरका युवा व्यवसायीको रुपमा पहिचान वनाएका के।सी २०१६ मा तुलसीपुर जेसीजको सह–सचिव, २०१७ मा उपाध्यक्ष, २०१८मा वोर्ड अध्यक्ष सल्लाहकार,२०१९ मा कार्यकारीणी उपाध्यक्ष, २०२० मा महासचिव र २०२१ मा वोर्ड सल्लाहाकार हुँदै २०२२ को तुलसीपुर नगर जेसिज अध्यक्ष हुनुभएको हो ।
पत्रकार सम्मेलनमा जेसीजले नेतृत्व विकास,समुदाय,व्यापार तथा अन्तराष्ट्रिय सम्वन्धको विषयमा जेसीजले काम गर्ने वताउदै आफू चुनिए युवा नेतृत्व, ब्यक्तित्व विकासका नीति कार्यक्रमलाई सफल पार्न भूमिका निर्वाह गर्ने बताउदै विजयी वनाउन सवै जेसीज सदस्यमा अनुरोध गर्नुभएको छ ।
देशभरि रहेका १ सय ७४ शाखामध्ये अध्यक्षमा ६ जना, कार्यकारिणी उपाध्यक्षमा १० जना र उपाध्यक्षमा १९ जनाको उम्मेदवारी रहेको नेपाल जेसीजले प्रकाशन गरेको सूचीमा उल्लेख छ । जेसीज समितिमा एक अध्यक्ष, ४ कार्यकारी उपाध्यक्ष र १२ जना उपाध्यक्ष रहने प्रावधान छ ।नेपाल जेसीजले देशैभरका सबै शाखालाई भौगोलिकतामा आधारमा ४ क्षेत्रमा विभाजन गरेको छ ।