विदेश पलायन रोक्न व्यवहारिक र सीपमूलक शिक्षा हुनुपर्छ : मन्त्री ढकाल



लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमीश्वर ढकालले नेपालमै उच्च शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्ने कुरामा जोड दिनुभएकाे छ । शिक्षाले विद्यार्थीलाई आफ्नै व्यवसाय सुरु गर्ने र अरूलाई रोजगारी दिन सक्ने मानसिकता विकास गर्ने खालकाे भए विदेश पलायन राेक्न सकिने बताउनुभयो ।

तलसीपुर–१२ हरिपौरीमा रहेको तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को पाँचौ वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री ढकालले यस्तो बताउनुभएको हाे ।

“शिक्षा यस्तो हुनुपर्छ जसले विदेश पलायनलाई रोक्न सक्ने व्यवहारिक सीप, आत्मनिर्भरता, र अवसरको सिर्जना गर्ने क्षमता दिन सकोस्। शिक्षालाई व्यावसायिक र सीपमूलक बनाउनुपर्छ। प्राविधिक, कृषि, सूचना प्रविधि, पर्यटन, र उद्यमशीलताजस्ता क्षेत्रमा दक्षता प्रदान गर्ने शिक्षा दिनुपर्छ। यसले रोजगारीको अवसर देशभित्रै सिर्जना गर्न मद्दत गर्छ।”- मन्त्री ढकालले भन्नुभयो ।

विद्यार्थीलाई आत्मनिर्भर बनाउने र देशमै अवसर खोज्ने क्षमता विकास गरिने हो भने विदेश पलायनलाई उल्लेखनीय रूपमा कम गर्न सकिने उहाँको भनाइ थियाे ।

दक्ष जनशक्ति उत्पादनमा मेट्रो कलेजले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।

यस्तै पूर्व प्रदेश सांसद तथा कलेज संचालक समितिका सदस्य शंकर गिरीले कलेज संचालनमा पारदर्शिता ल्याउन सबै राजनीतिक दललाई समेटेर लैजानुपर्ने बताउनुभयो । उहाँले कुनै एउटा पाटीको मात्रै भन्दा पनि सबै दललाई समेटेर जाँदा सस्थालाई जिवन्त टिकाउन सकिने बताउनुभयो ।

कार्यक्रममा दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी लगायतले तुलसीपुर मेट्रो कलेज जस्तै अन्य कलेजहरु भए युवाहरुलाइ देशमै केही गर्ने साेचकाे विकास हुनसक्ने बताउनुभयो । कलेजले  दक्ष जनशक्ति उत्पादनका समय सापेक्ष शिक्षा प्रदान गरेको  भन्दै प्रशंसा गर्नुभयो ।

वार्षिक उत्सवको अवसरमा कलेज प्रमुख बसन्त आचार्यले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको हो ।

कार्यक्रममा विभिन्न तहमा उत्कृष्ट हासिल गर्ने विद्यार्थीलाई सम्मान पनि गरिएको छ ।

बार्षिकउत्सवमा विभिन्न जातजातिहरुकाे नृत्य प्रश्तुत गरिएको थियाे । यस्तै बिधार्थिहरले निर्माण गरेका बिधान विज्ञान सामग्रीहरु प्रदर्शनिमा राखिएको थियाे । कार्यक्रममा  अतिथिहरुलाइ बिधार्थिहरु आफैले उत्पादन गरेकाे बेकरी खाजा खुवाएका थिय । 

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण सुधासुमन ढकाल र केपि न्यौपानेले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्