मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक



मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) मेधावी छात्रा २०८१ को उत्कृष्ट १० को नतिजा सार्वजनिक भएको हो ।

प्याब्सन दाङको आयोजना, एपेक्स कम्प्युटर्सको प्रायोजन तथा गोरक्ष राष्ट्रिय दैनिकको मिडिया पार्टनरसिपमा सञ्चालित मेधावी छात्राको उत्कृष्ट १० को नतिजा आइतबार सार्वजनिक भएको हो ।

अङ्ग्रेजी वर्णानुक्रम अनुसार उत्कृष्ट १० को नतिजामा हेल्दिता चौधरी (सिद्धार्थ एकेडेमी,घोराही), जेसिका शर्मा (सनलाइट मोडर्न इङलिस स्कुल, लमही), निरूता खनाल (जनज्योति विद्यामन्दिर, घोराही), नियती चन्द (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर ), प्रज्ञा डाँगी (गोरखा मावि तुलसीपुर ), प्रनिशा बोहरा (गोरखा मावि तुलसीपुर), रक्षा शर्मा (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही), सलिना पौडेल (माउन्ट भ्यु इङलिस बोर्डिङ स्कुल, घोराही), सोनिया पौडेल (दीपशिखा आवासीय मावि, घोराही) र एन्जुला बस्नेत (तुलसी बोर्डिङ स्कुल, तुलसीपुर) रहेका छन् ।

उत्कृष्ट छात्रालाई प्याब्सन दाङको स्थापना दिवसको अवसरमा यही पुस २४ गते पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । मेधावी छात्रा २०८१ को प्रतियोगिता यही पुस १३ गते सम्पन्न भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस्