ट्राफिक प्रहरी कार्यालय तुलसीपुरमा भर्खरै सरुवा भएर आएका ट्राफिक प्रहरी प्रमुख ईश्वरी देवकोटाले आफु तुलसीपुर रहदासम्म तुलसीपुरमा ट्राफिक नियमलाई पारदर्शी रुपमा अगाडी बढाउने बताउँनुभएको छ । ट्राफिक प्रहरी प्रमुख देवकोटाले ट्राफिक ब्यवस्थापनलाई प्रभावकारी बनाइ बढ्दाे सवारी दुर्घटनालाई कम गर्न ट्राफिक सचेतना कार्यक्रमलाई निरन्तर रुपमा जारी राख्ने बताउँनुभयो । तुलसीपुरमा आज भएको पत्रकारहरु संगको परिचयात्मक कार्यक्रममा उँहाले तुलसीपुरदेखि पश्चिमी भेगमा हुने अत्यधिक रुपमा ट्राफिक नियम उलंघन हुने गरेकाले त्यस क्षेत्रमा निगरानी बढाउँने बताउनुभयो ।
उहाँले भन्नुभयो –“ प्राय ः दुर्घटना तिव्र गतिका कारण हुने तथ्याकंले देखाएको छ । अवको प्रमुख काम भनेको दुर्घटना न्युनिकरण गर्न हो । ट्राफिक प्रहरीले चालकहरुलाई सचेत गराउँने काम गर्दै आएको छ । अभियान संचालनै गर्दै आएका छौँ । यसमा सबै निकाएको साथ र सहयोगको आवश्यक छ । हामी सबै संग सहकार्य गर्दै अगाडि बढ्छौँ । कसरी हुन्छ सवारी साधनको तिव्र गतीलाई रोक्ने र हर्न निषेधित क्षेत्र घाषणा गर्छौँ । तुलसीपुर क्षेत्रमा अटो र मोटरसाईकल चालकलाई विशेष रुपमा व्यवस्थित गरिनेछ । ”
यस्तै उहाँले अभिभावकहरुले पनि आफ्ना छोराछोरीहरुलाई स्लो रुपमा सवारी चलाउन सुभलव दिनु पर्ने बताउँनुभयो । पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिंदै प्रमुख देवकोटाले तुलसीपुर बजार क्षेत्रमा पहिले हर्न निशेधित क्षेत्र घोषणा भएको हुँदा त्यसको कार्यान्वयनको लागि यहाँको स्थानीय तह र वडा कार्यालयसंग समन्वय गरेर व्यवस्थित गर्ने बताउँनुभयो । त्यसका साथै यस क्षेत्रमा स्कुल बसहरुमा विद्यार्थीहरुको अध्याधिक चाप हुने हुँदा प्याव्सन एन प्याव्सन लगाएत सामाजीक संघसस्ंथाहरुसंग छलफल गरी अभियानका रुपमा सचेतना कार्यक्रमलाई ब्यापक बनाउँने बताउँनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार पत्रकार महांसंघका सह – सचिव दिप्तीशिखा चौधरीले सवारी दुर्घटना बाट हुने मृत्युदर कसरी कम गर्न सकिन्छ भन्ने विषयलाई पहिलो प्राथमिक्तामा राखि यात्रु र चालकलाई सचेत गराउँन आवश्यक रहेको बताउँनुभयो । उनीहरुको अटेरीपनलाई कसरी सुल्झाउँन सकिन्छ भन्ने कुरामा सचेतना प्रदान गर्नुपर्ने बताउँनुभयो । साथै ट्राफिक सचेतना कार्यक्रम बिधालयहरुमा अभियानका रुपमा संचालन भएपनि कार्यन्वयनको तहमा फितलोपना भएको पाईन्छ । अझै पनि बिधार्थीहरुलाई प्रशिक्षण दिन जरुरी बताउँनुभयो । साथै ट्राफिक प्रहरीले गरेका काम र कर्तब्यलाई सफल बनाउँन सहकार्य गर्न सम्पुर्ण मिडिया तयार रहने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
यस्तै प्रेस युनीयकनका अध्यक्ष नारायण खड्काले बजार क्षेत्रलाई तत्काल हर्न निषेधित क्षेत्र घोषणा गर्नुपर्ने बताउँनुभयो । रातको समयमा पनि ट्राफिक परिचालन गर्नुपर्ने भन्दै मेन सडक भन्दा पनि साना गल्लीहरुमा बढि मोटरसाईकलहरु चल्ने भएकाले निगरानी बढाउँनुपर्ने सुझाव दिनुभयो ।
सो अवसरमा पत्रकारहरुले ट्राफिक सम्बन्धि गतिविधिलाई छिटोछरीतो रुपमा बाहिर ल्याउँन सुझाव दिएका थिए । मिडिया र प्रहरी बिचको सहकार्यलाई संगसंगै लैजनाका लागि हातेमालो गरि अगाडि बढेमा सचेतना प्रदान गर्न सहज हुने बताएका थिए । पहिले भन्दा अहिले धेरै सचेत भएकाले चालकहरुको लापरवाहिपनलाई निर्मुल पार्न र ट्राफिक प्रहरी कुनै कुरामा चुक्न नहुने सुझाव दिएका थिए । साथै बजारमा हर्न निषेधित बोर्ड राखिएपनि त्यसले सबैलाई गिज्याईरहेकोले हरेक काम र नियमलाई अक्षरस पालना गर्नका लागि लागँनुपर्ने सुझाव दिए ।