लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीले हरेक तहले ऐन बनाउने तर परिक्षण नगर्ने मुख्य समस्या रहेकाे बताउनुभएको छ । जनतालाई चाहिएकाे ऐन बनाउनका लागि परिक्षण गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । शनिबार तुलसीपुरमा पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हाे ।
“अहिले सम्म स्थानियले बनाएकाे ऐन परिक्षण भएको छैन , प्रदेशले बनाएकाे ऐन परिक्षण भएको छैन , ठिक थियाे थिएन जनतालाई थाहा छैन, जनप्रतिनिधि र कर्मचारीलाई थाहा हुने कुरा हाे त्याे पनि परिक्षण छैन ।”- उहाँले भन्नुभयाे ।
नगरपालिका कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका भएकोले यसकाे बारेमा कानुन बनाउनुपर्ने बताउनुभयो । उहाले मुलभुत रुपमा जनतालाइ चाहिएकाे वन, उधाैग, कृषि , व्यापार जस्ता तमाम ऐन जनताकाे जिवनसंग सराेकार राख्ने ऐन बनााउनुुपर्ने र परिक्षण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयाे- “संविधान जनताकाे चाहाना अनुशार हुन्छ त्यसैले संविधान संसाेधन गरेर भएपनि राज्य हेरफेर गर्ने हाे भने स्वभाविक रुपमा अहिलेका स्थायित्वहरु , अहिलेका अराजकताहरु कन्ट्रोल गर्न सकिन्छ । यस्ता कानुनका विषयमा पनि छलफल गर्नुपर्छ ।”
उहाँले तीन तहकाे बिधायनकाे तह पुर्व विधायकि चरण, विधायणि चरण र बनिसकेको कानुनलाई परिक्षण गर्ने उत्तरविधायकि चरण बनिसकेेकाे कानुनलाई परिक्षण गर्ने प्रदे सरकारले सुरुवात गरिसकेको दावी गर्नुभयाे ।