सातै प्रदेशमा मानव आश्रमको भवन निर्माण गरिनेछ : मुख्यमन्त्री चौधरी



 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सातवटै प्रदेशमा मानव सेवा आश्रमको भवन निर्माण हुने बताउनु भएको छ ।सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा मावन सेवा आश्रमको भवन निर्माणको विषयमा छलफल भएको उहाले जानकारी गराउनुभयाे । मानवता प्रर्वद्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेशले सोही अनुसार वजेट विनीयोजन गरेको बताउनुभयाे । तर उहाले कति रकम विनीयोजन गरिएको छ भन्ने कुरा खुलाउनुभएन । शनिवार मानव सेवा आश्रमको भवन निर्माणार्थ श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञको उद्घाटन गर्दै उहाले यस्तो बताउनु भएको हाे।

महायज्ञको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मानव सेवा आश्रमको अभियानले सबैलाई एक ठाउँमा ल्याएको बताउनुभयाे। सरकारले गर्नुपर्ने कामलाई मानव सेवा आश्रमले सुरु गरी सरकार–सरकाविचको पुलको काम गरेको प्रति धन्यवाद व्यक्त गर्नुभयाे।

मावनता भन्दा ठुलो धर्म अरु नहुने कुरालाई महायज्ञको उपस्थितीले प्रमाणित गरेको उहाले बताउनुभयाे। मानव सेवा आश्रम यस क्षेत्रको प्रमुख आवश्यता रहेको भन्दै यसको निर्माणमा स्थानीय सरकार र प्रदेश सरकारले कुनैपनि कमी नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयाे ।

लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माले भवन निर्माणमा ५ लाख रुपैयाँ सहयोग गर्ने बताउनुभयाे । महायज्ञले हरेक व्यक्तिमा मानवता फर्काउने बताउनुभयाे।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले मानीवय सेवा गर्ने अवसर भएको भन्दै पालिकाको तर्फबाट ५ कोठा भवन निर्माणका लागि करीव २६ लाख रुपैयाँ बजेट विनियोज गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे।

तुलसीपुरमा मानव सेवा आश्रम निर्माण गर्नु नै गौरबको योजना रहेको भन्दै हरेक क्षेत्र, समुदायले सक्दो सहयोग गर्न आग्रह गर्नुभयाे। जनप्रतिनीधि र कर्मचारीले आफ्नो एकदिनको पारिश्रमिकको रकम आश्रमलाई सहयोग गर्नुपर्ने बताउनुभयाे। आर्थिक सहयोग संकलनको रणनीति अनुसार तुलसीपुर क्षेत्रमा बसोबास गर्ने १ लाख ७९ हजार व्यक्तिबाट न्युनतम १ सय रुपैयाँ सहयोग भएमा डेढ करोड रुपैयाँ सहयोग संकलन हुने बताउनुभएकाे थियाे।

दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले मानव सेवा आश्रमको भवन निर्माणमा एउटा कोठा बराबारको ५ लाख रुपैयाँ उपलव्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले एउटा कोठामा लाग्ने ५ लाख ११ हजार रुपैयाँ सहयोग गर्ने बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नरगप्रमुख घनश्याम पाण्डेले द्रव्य संकलन मात्र नभई संकल्प समेत गर्नुपर्ने बताउनुभयाे। पाण्डेले भन्नुभयाे–तीनै तहका सरकारलाई खबरदारी गर्नेछु ।

मुल आयोजक समितिका सँयोजक डिल्ली बहादुर बस्नेतको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले महायज्ञ सञ्चालनको उदेश्यको बारेमा जानकारी गराउनुभएकाे थियाे। मुल आयोजक समितिका सहसंयोजक श्रवण कुमार आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मुल आयोजक समितिका सदस्य सचिव बुद्धप्रकाश सिंहले गर्नु भएको थियाे ।

महायज्ञ उद्घाटन पूर्व कलश÷शोभा यात्रा निकालिएको थियो। उक्त यात्रा तुलसीपुरको नयाँ बसपार्क देखि सुरु भएको थियो। सो अवसरमा १ सय ५३ बढी विभिन्न धर्म, जातजाती, संस्कृति र पहिचान झल्कने झाँकी प्रर्दशन गरिएको थियो । झाँकी ¥यालीमा हजारौँको उत्साहजन सहभागिता रहेको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ बनहरीमा दुइवर्षभित्र मावन स्मारक निर्माण सम्पन्न गर्ने उदेश्य सहित शनिवार देखि तुलसीपुरको अरनीको मैदानमा महायज्ञ सुरु भएको छ । महायज्ञबाट ५ करोड आर्थिक संकलनको उदेश्य राखिएको छ । महायज्ञ माघ २० गतेसम्म सञ्चालन हुने छ ।

महायज्ञमा कथा वाचकमा भागवत भाष्कर कमलनयन गौतम रहनुभएकाे छ । कथावाचन प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८० माघ १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्