दाङमा राति १० बजेपछि देउसीभैलोमा प्रतिबन्ध



जिल्ला प्रशासन कार्यालय दाङले तिहारका बेला राति १० बजेपछि देउसी भैलो खेल्न प्रतिबन्ध लगाएको छ।

प्रशासनले शुभदीपावलीलाई सुरक्षित र मर्यादित रूपमा मनाउन भन्दै सांस्कृतिक कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न अनुमति दिएको हो।

सूचनामा राति ढिलोसम्म हुने हो–हल्ला, मदिरा सेवन, भीडभाड, कृत्रिम अभाव, कालोबजारी, मूल्यवृद्धि र विस्फोटक पदार्थ प्रयोग नगर्न आग्रह गरिएको छ।

प्रशासनले बढी यात्रु राख्ने, बढी भाडा असुल्ने र मादक पदार्थ सेवन गरी हो–हल्ला नगर्न चेतावनी दिँदै कुनै पनि विवाद वा अवाञ्छित गतिविधि भएमा प्रहरीको ‘१००’ नम्बरमा जानकारी दिन अनुरोध गरेको छ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्