दाङमा क्रियाशिल सञ्चारकर्मी महिलाहरुको भेला आज घोराहीमा सम्पन्न भएको छ । भेलाले दाङ जिल्लामा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुलाई संगठित गर्दै उनीहरुको पेशागत हक हितमा सहयोगी वातावरण सिर्जना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, जिल्लामा रहेका तथा सञ्चार क्षेत्रमा क्रियाशिल सबै महिलाहरुको साझा मञ्चका रुपमा सञ्चारकर्मी महिला समूह दाङ गठन गर्ने निर्णय गरेको छ । भेलाले पत्रकार महासंघ दाङका पूर्व उपाध्यक्ष लक्ष्मी आचार्यको संयोजकत्वमा गठित सञ्चारकर्मी महिला समूहको सचिवमा दिप्तीशिखा चौधरी र कोषाध्यक्षमा रोशनी मल्ललाई चयन गरेको छ ।
समूहलाई हाल लुज फोरमका रुपमा अघि बढाउने र सबै समूहको सदस्य रहने निर्णय गरिएको छ । साथै, भेलाले हरेक वर्ष समूहको जिम्मेवारी हेरफेर गर्ने, समूहका सदस्यहरुले नियमित रुपमा मासिक बचत गर्ने र आवश्यकता अनुसार कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठक हरेक महिनाको अन्तिम शनिवार गर्ने निर्णय पनि गरिएको छ ।
आगामी बैठक माघ २६ गते शनिवार तुलसीपुरमा गर्ने निर्णय भएको छ । काम विशेषले भेलामा अनुपस्थित भएका अन्य पत्रकार महिलाहरु समूहमा आवद्ध हुने र भेलाको निर्णय अनुसार जिल्लामा सञ्चारकर्मी महिलाहरु एकतावद्ध भएर जानेछ ।भेलामा दाङमा क्रियाशिल पत्रकार महिलाहरुको उपस्थिति रहेको थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहको अध्यक्षतामा भेला सम्पन्न भएकाे हाे ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार