कचिली ए जित्यो अध्यक्ष कप फुटबलको उपाधी




लक्ष्मण बस्नेत

तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को उपाधी कचिली फुटबल टिम ए ले जितेको छ ।
तुलसिपुर उपमहानगरपालिका वडा न १२ को आयोजनामा संचालित प्रतियोगिताको आज मंगलबार सम्पन्न फाईनल खेलमा कपडादेवी फुटबल टिम लाई १ का विरुद्ध २ गोलले पराजित गर्दै कचिली ए ले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद नगद ५५ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्न सफल भयो । फाईनलमा सम्माजनक हार ब्यहोरेको कपडादेवी उपबिजेतामा सिमित रहदै नगद ३० हजार, कप, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै प्रतियोगिताको तृतिय स्थान हासिल गरेको टरिगाउ फुटबल टिमले नगद १५ हजार,कप,मेडल,प्रमाणपत्रमा हात पारेकाे उज्ज्वल बस्नेतले जानकारी दिनुभयाे ।

५ दिन सम्म संचालित प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सर्बोउत्कृष्ट खेलाडी कचिली ए का मनराज बुढामगर,सर्वाधिक गोलकर्ता कचिली ए का सुवास बुढामगर र उत्कृष्ट गोल रक्षक कचिली ए कै नारायण बुढाथोकी भए । उत्कृष्ट तिनै जनालाई ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताको पुरस्कार बितरण तथा समापन समारोह तुलसीपुर उपमहानगरपालिका वडा न १२ का अध्यक्ष खुसिराम चौधरिको अध्यक्षतामा तथा तुलसिपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरिको प्रमुख आतिथ्यमा भएको थियो ।

सो अवसरमा उपप्रमुख चौधरी,जसपुर प्रहरी चौकिका ईन्चार्ज भरतनाथ योगि,समाजसेवी केदार आचार्य, प्रतियोगिताका संयोजक तथा वडा सदस्य शेषमणि भन्डारी,भलिबलका पुर्व खेलाडी टङक केसि,भरत आचार्य लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको संचालन वडा सचिव गणेश कुमार आचार्यले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्