अन्तरिम सरकार गठनबारे आज पनि छलफल हुने



राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनबारे छलफल भइरहेको छ।

बिहीबार दिनभर शीतल निवासमा कार्की, संवैधानिक विज्ञ र सेनाप्रमुख अशोक सिग्देलसहित गहन बहस भए पनि संसद विघटन गर्ने कि नगर्ने भन्ने विषयमा सहमति जुट्न सकेन।

तर, अन्तरिम सरकारको नेतृत्वका लागि कार्कीलाई प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउन प्रारम्भिक सहमति बनेको छ।

जेनजी युवाहरू संसद विघटनको पक्षमा छन् भने अधिवक्ता ओमप्रकाश अर्यालले तिनीहरूको प्रतिनिधित्व गरेका छन्।

बालेन शाहले पनि कार्की नेतृत्वको समर्थन जनाएका छन्। कांग्रेस नेताहरू र प्रचण्डले समेत उक्त प्रस्तावप्रति सकारात्मक संकेत दिएका छन्।

आज बिहान ९ बजेबाट पुनः छलफल सुरु हुँदैछ।

 

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्