एमाले दंगीशरणको अधिवेशन

मिसन-८४ सफल पार्न आन्तरिक एकता आबश्यक : काेमल वली



नेकपा एमाले दंगीशरण गाँउ कमिटिको दोस्रो अधिवेशनको उद्घाटन शत्र हेकुलीमा सम्पन्न भएको छ । पालीकाका कमिटिका अध्यक्ष रेशम वलीको अध्यक्षतामा सुरु भएको अधिवेशको उद्घाटन एमालेका केन्द्रिय सदस्य  कोमल वलीले गर्नु भएको छ । अधिवेशनको उद्घाटन सत्रमा वोल्ने बक्हतारुले जनताका शुखदुखमा ध्यान दिन नेता कार्यक्रताहरुलाई आग्रह गरेका छन।


प्रमुख अतिथिको रुपमा उद्घाटन मन्तव्य राख्दै वलीले पार्टीले मिसन-८४ लाई सफल पार्न अर्जुनदृष्टिका रुपमा लिएको भन्दै सबै पार्टी नेता कार्यकर्तालाई आन्तरिक एकता आबश्यक रहेको बताउनुभएको छ। उहाँले पार्टीको आन्तरिक ब्यबस्थापन र मिसन-८४ लाई सफल पार्न सबैलाई एकताबद्ध भएर काम गर्न निर्देशन दिनुभयो ।उहाँले  निर्वाचन क्षेत्रिय समन्वय समिति निर्माण गरि निर्वाचनका लागि काम अगाडि बढाउने बताउनुभयो ।

एक अर्को प्रसंगमा प्रमुख अतिथि वलीले  अवकाे याेजना पालिकामा ५० जना युवालाई तालिम दिई ब्यवसाय बनाउन पहल गर्ने, यस्तेै नगरपालिकाले १०० जना, महानगरले १५० र उपमहानगरले २०० युवालाई उधमि सम्बन्धि तालिम दिई युवाहरुलाइ ब्यवसाय संग जाेड्ने गरि याेजना बनाइ काम गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेकपा एमालेका निर्बाचन आयोगका केन्द्रिय सदस्य हिराचन्द्र केसीले सबैको भिजन र मिसनका रुपमा मिसन-८४ लाई लिनुपर्ने बताउनुभयो। मिसन-८४ गित नभएको भन्दै वलिले निर्बाचन मार्फत विकासको नेतृत्व एमालेले गर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका लेखा आयोगका केन्द्रिय सदस्य साबित्रा बिश्वकर्मा, प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्य , सचिबालय सदस्य हुकुमबहादुर बस्नेत, सिमा न्यौपाने, एमाले दाङका अध्यक्ष शिबकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिब श्याम डाङ्गी, क्षत्रीय संयोजक मेघराज भुसाल, जिल्ला सदस्य एम एन शाह,भागीराम चौधरी, लगाएतले बोल्नुभएको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।


कार्यक्रममा प्रदेश कमिटिका सदस्यहरु , जिल्ला कमिटीका सचिबालय सदस्य, सदस्य तथा गाउँ कमिटीका पदाधिकारी, सदस्य तथा सङ्गठित सदस्यहरुको सहभागीता रहेको थियो ।


उपाध्यक्ष वुधनी चौधरीको स्वागत मन्तब्य बाट सुरु भएको उद्घाटन शत्रको सहजीकरण सचिब श्री प्रसाद चौधरीले गर्नुभएको थियो ।

अधिबेशनको बन्द शत्रले आगामी तिन बर्षका लागी नया नेतृत्व चयन गर्ने एमाले दाङका निर्वाचन विभाग प्रमुख विवेक श्रेष्ठले जानकरी दिनुभयो ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्