प्रतिष्ठानको एमविविएसको लागि आवश्यक पर्ने नवलपुरको जग्गा ल्याउन तिव्र पहल




राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमविविएसको कार्यक्रम सञ्चालन गर्ने तयारी स्वरुप आवश्यक जग्गा ल्याउन पनि प्रतिष्ठानले पहल जारी राखेको छ । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विगत ७ वर्षदेखी प्रतिष्ठानको नाममा जग्गा नआउदा अड्किएको फाईल तिव्र गतिमा अघि बढिरहेको बताउनु भयो ।

जग्गाको वारेमा जिल्ला प्रशासन कार्यालय दाङसहीत विभिन्न सरकारी निकायसंगको समन्वय र सहयोगमा प्रतिष्ठानको नाममा जग्गा ल्याउने काम प्रकृया पुर्याउने क्रममा रहेको उहाँले बताउनु भयो । हालको प्रतिष्ठानको भौतिक संरचनामा एमविविएसको काम अघि बढाउने भन्दै एमबिबिएस पढ्ने बिद्यार्थी र प्राध्यापकहरुलाई आबासको सुबिधाको लागि सो जग्गा ल्याउन आवश्यक प्रकृया सबै पुर्याइएको र केही समयपछी दङ्गालि जनताले जग्गाको उपलब्धी वारे सुखद शन्देश थाहा पाउने लम्सालले बताउनु भयो ।

एमविविएस कार्यक्रम सन्चालन गर्नका निमित्त घोराही १८ नवलपुरमा रहेको साढे ५ बिगाहा जग्गाको वातावरणिय प्रभाव मुल्याङ्कन गर्ने काम चलिरहेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले प्रतिष्ठानको नाममा आवश्यक प्रकृया पुरा गरेर छिट्टै जग्गा आउने विश्वास ब्यक्त गर्नुभयो । जग्गाको काम अघि बढाउन प्रतिष्ठानकोतर्फवाट सबैखाले प्रयासहरु भइरहेको उहाँको भनाई छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस्