नेकपा एमाले दाङले हापुरेमा दुई दिन प्रशिक्षण कार्यक्रम गर्ने



नेकपा एमाले दाङले हापुरेमा अगुवा नेता कार्यकर्तालाई प्रशिक्षण दिनेभएको छ । एमाले दाङले आइतवार तुलसीपुरमा पत्रकार सम्मेलन गरी हापुरेमा सोमबार र मंगलबार जिल्लाभरका नेता र कार्यकर्तालाई प्रशिक्षणदिइने जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा एमाले दाङका अध्यक्ष हुकुम बस्नेतले दुइदिने प्रशिक्षणमा ४९९ जना नेता कार्यकर्ताकोसहभागिता हुने जानकारी दिए । उनका अनुसार केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवाली र सचिव छविलाल विश्वकर्माले प्रशिक्षण दिनेछन् ।प्रशिक्षणमा सहभागी भएकालाई स्थानीय कार्यकर्ताको घरमा राखिने एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनकाअनुसार एक घर दुइ पाहुनाको नीती अवलम्बण गरी कार्यकर्ता व्यवस्थापन गरिनेछ ।

प्रकाशित मिति : २०७९ साउन २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस्