तुलसीपुरमा विद्यालयस्तरीय लागुऔषध दुर्व्यसनविरुद्ध अभियान सम्पन्न



तुलसीपुरमा किशोरकिशोरी लक्षित लागुऔषध दुर्व्यसनविरुद्ध विद्यालयस्तरीय अभियान तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका२ को कार्यालय र तुल्सी सामाजिक विकास केन्द्रको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

तुल्सी सामाजिक विकास केन्द्रका अध्यक्ष ओद बहादुर भण्डारीको अध्यक्षता, तुलसीपुर उपमहानगरपालिका २ का अध्यक्ष भिम बहादुर योगीको प्रमुख आतिथ्यता तथा सदस्य मोहनलाल डाँगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

अभियान अन्तर्गत अधिकारकर्मी सुसिल बस्नेतले जनप्रिय इङ्लिस सेकेन्डरी स्कुलमा कक्षा ९ र १० मा अध्ययनरत करिब ७० जना विद्यार्थीलाई लागुऔषध दुर्व्यसनका कारण, असर तथा यसबाट बच्ने उपायबारे प्रशिक्षण दिनुभएको थियो ।

विद्यार्थीहरूको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो ।

कार्यक्रमको सहजीकरण तुल्सी सामाजिक विकास केन्द्रका सदस्य प्रेरणा परियारले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्