पश्चिमी वायुका कारण चार प्रदेशका केही भू–भागमा वर्षा हुने



यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, कोशी र मधेसमा हावाहुरीको सम्भावना | News from Nepal - Ratopati

नेपालमा हाल पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी भू–भागको मौसम बदली भई एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी र मधेश प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा पनि मध्याह्न र अपराह्न छिटफुट वर्षााको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित वर्षा हुने सम्भावना छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्