इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरिक्षक डिएसपी ठाकुर प्रसाद पोखरेलले चालकहरुले आफनो पेसा मर्यादित भए मात्र सवारी दुर्घटना कम हुने बताउनुभएको छ । चालक र सह–चालक विद्यालयहरुका ऐना भएको भन्दै आफ्नो पेसालाई मर्यादित बनाउन उहाँले आग्रह गर्नुभएको हो। विद्यालयको सवारी चालक अन्य सवारी चालक भन्दा सम्मानित काम भएको बताउँदै उहाले सयौं विद्यार्थीहरुको जीवन लिएर हिड्ने चालकहरुले नियम अनुसार सवारी चलाउँदा जोखिम कम हुने बताउनुभयो ।
‘सवारी चालकहरुको पेसा संबेदनसिल पेसा भएको बताउँदै कैयो भावी सन्ततीहरुको जिवनलाई बचाउँने जिम्मा भएकाले अनुशासीत र मर्यादित हुन जरुरी रहेको बताउँनुभयो । सवारी चालकहरु पहिरनमा पनि ख्याल गर्नुपर्ने भएकाले चप्पलको ठाउँमा जुत्ता लगाउँदा सहज हुने बताउँनुभयो । सानो सानो कुरामा पनि सजकता अपनाउँदा दुर्घटना हुन बाट बच्न सकिने बताउँनुभयो ।
तुलसीपुर नगर जेसिजले आज सोमबार तुलसपिुरमा आयोजना गरेको विद्यालयका चालक तथा सह–चालकहरुलाई ट्राफिक सचेतना कार्यक्रममा प्रमुख अतीथी समेत रहनुभएका प्रहरी प्रमुख पोख्रेलले यस्तो बताउँनुभएको हो ।
सो अवसरमा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख इस्वरी देबकोटाले नेपालमा सवारी दुर्घटनाबाट प्रत्येक बर्ष २६ सय मानिसको मृत्यु हुने गरेको जानकारी दिनुभयो । दुर्घटनाकै कारण दाङमा मात्र प्रत्येक महिनामा ४ जनाको मृत्यु हुने गरेको समेत जानकारी दिनुभयो । उहाँले विद्यालयका सवारी चालकहरुले सवारी चलाउँदा सवारीको अवस्था चेकजाँच गरेर मात्र सवारी चलाउने, विद्यार्थीहरुलाई सुरक्षित साथ गन्तव्यमा पु¥याउने, विद्यार्थीहरुलाई सवारीमा चढाउँदा वा झार्दा सुरक्षित स्थान हेरेर मात्र झार्ने, हतार गरि ओभर स्पिड नचलाउने, जथाभावि हर्न नबजाउने, बालबालिकाको पुर्ण रुपमा सुरक्षाको ग्यारेन्टी गर्ने, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगर्ने, मापसे गरि सवारी नचलाउने ,बजार क्षेत्र तथा गा्रमिण क्षेत्रमा बाटोको अवस्था हेरी सवारी चलाउने लगाएतका कुराहरुमा ध्यान दिएमा दुर्घटना न्युनीकरण हुन सक्ने बताउनुभयो ।उहाँले सवारी चलाउँदा चालकहरुले सधैँ ध्यानपुर्वक चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा यातायात ब्यबसायी राष्ट्रिय महासघका केन्द्रीय सल्लाहकार सुरेश हमालले चालक सहचालकहरुले सभ्य र अनुशासित पेसा बनाउँन नसकेको भन्दै यातायात ब्यवसायीहरु सचेत भएर पेसालाइ मर्यादित बनाउँनुपर्ने बताउँनुभयो । चालकहरुलाई दिइएको सचेतनामुलक प्रशिक्षणले दुर्घटना न्यूनीकरणमा मद्धत पुग्ने बिस्वास ब्यक्त गर्नुभयाे ।
बिहानीको समयमा बोर्डिङ स्कुलका बस,तरकारी तथा कुखुरा बोक्ने गाडीको गति तिब्र हुने भन्दै उहाँले बिहान र साझँको समयमा ट्राफिक प्रहरीले विशेष ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो।
त्यस्तै प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीले जेसिजले समाजलाई सचेतीकरण गर्ने काम गरिरहेको भन्दै यी यस्ता कार्यक्रमले भयावह रुपले हुने दुर्घटना कम गर्न सचेतना प्रदान गर्ने बताउँनुभयो । समाजिक गतीविधीलाई उठान गरि समाजमा शन्देसमुलक कार्यक्रम गरेको भन्दै प्रशंसा ब्यक्त गर्नुभयो ।
साे अवसरमा तुलसीपुर नगर जेसिजका पुर्बहरु अध्यक्ष दिपेश भण्डारी,मोहन सुनार ,केशब राज केसी लगाएतले ट्राफिक सचेतना मात्र नभई जनचेतनामुलक कार्यक्रम पनि गर्नुपर्ने सुझाव दिए । विधालयका बसहरुले क्षमता भन्दा दोब्बर विधार्थी राख्ने र तीव्र गतीका कारण दुर्घटना बढि हुने गरेको बताए ।
तुलसीपुर नगर जेसिज वर्ष २०२४ का अध्यक्ष जेसी पुर्ण बहादुर डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
सचेतना कार्यक्रमका संयोजक जेसी सुरज केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जेसिज आस्थापाठ उपाध्यक्ष केशब न्यौपानेले गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव कमल प्रकाश शर्माले गर्नुभएको थियो ।
तुलसीपुर उपमहानगरपालिका भित्र रहेका सामुदायीक तथा संस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकहरुलाई जेसिजले ट्राफिक सचेतना दिएको थियो ।