आज विश्व रेडियो दिवस



आज फागुन १ गते विश्व रेडियो दिवस विविध कार्यक्रमका साथ विश्वभर मनाइँदै छ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन UNESCO को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा राष्ट्रसङ्घीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइन्छ।

यस दिवसको उद्देश्य रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, सूचना पहुँच सुनिश्चित गर्न निर्णयकर्तालाई सचेत गराउनु तथा विश्वभरका प्रसारकबीच अन्तरराष्ट्रिय सहकार्य सुदृढ बनाउनु रहेको छ।
कम लागतमा सञ्चालन गर्न सकिने र दुर्गम तथा जोखिमग्रस्त समुदायसम्म सहजै पुग्न सक्ने माध्यम भएकाले रेडियोलाई अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा लिइन्छ। आपतकालीन सूचना प्रवाह, शैक्षिक सामग्री प्रसारण तथा लोकतान्त्रिक संवाद प्रवर्द्धनमा रेडियोको भूमिका महत्वपूर्ण मानिन्छ।

प्रकाशित मिति : २०८२ फाल्गुन १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्