नीति र विचारविनाको नेतृत्व चयन गर्ने अभ्यासले क्षति गर्छ ःपुर्ब प्रधानन्यायाधीश कार्की



No description available.

पुर्ब प्रधानन्यायाधीश सुशिला कार्कीले हरेक तहमा नीति र नेतृत्व हुनुपर्ने बताउँनुभएको छ। विचारहरुको छलफल, योजना नै निती भएको भन्दै जनताले मागेका मागका आधारमा नीती निर्माण गरि स्थानीय तह संचालन गर्नुपर्ने बताउँनुभयो ।

नीति र नेतृत्व तथा स्थानीय शासन र शुसाशन सम्वन्धी अन्तर्रक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व प्रधानन्यायधीस कार्कीले उधोग, ब्यवसाय लगाएत हरेक संघसस्ंथा तहमा निती र नेतृत्व पंक्रि बलीयो हुनुपर्ने कुरामा जोड दिनुभयो । उहाँले नीति र विचारविनाको नेतृत्व चयन गर्ने अभ्यासले क्षति गर्ने बताउँनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा मेट्रो कलेज तुलसीपुरको समन्वयमा भएको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले सबैजसो दलको ताजा नेतृत्व तयार भए पनि तिनमा नीतिगत स्ष्टता नभएका कारण सोचे अनुरुपको परिवर्तन हुन नसकेको स्पष्ट पार्नुभयो ।

No description available.

सो अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले सहमतीको नाममा लोकतन्त्रलाई उल्झनमा राखिनु गलत भएको बताउदै नेतृत्वकर्ता अब्बल हुन जरुरी रहेको बताउँनुभयो । ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निबर्तमान नगरप्रमुख घनस्याम पाण्डेले निती, नेतृत्व, विधीका हिसावले स्थानीय तहका नेतृत्वकर्ता अग्रक्तिमा आउँन सक्नुपर्ने भन्दै उहाँले शासन र सुशासनका हिसाबले तुलसीपुर उपमहानगरपालिका अब्बल बन्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहागरपालिका वडा नम्बर ५ का वडाध्यक्ष बिरेन्द्र शाह, वडा नम्बर ११ का वडाध्यक्ष मान वहादुर रावतले स्थानीय तहका जनप्रतिनिधी बिच नै मतभेद हुने गरेको भन्दै अधिकार कार्यान्वयमा फितलोपना देखिएको बताएका थिए।

No description available.

त्यस्तै लेखक तथा प्राध्यापक सुदर्शन रिजाल, महिला अधिकारकर्मी युवा करार, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य देबेन्द्र बस्नेत, जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीले लगाएतले स्थानीय सरकार वजेट विनीयोजन गरेर आउँने गरेकाले तथ्यांक विश्लेषणमा ध्यान दिनुपर्ने, स्थानीय सरकार नाम मात्र भएको पाउँनुपर्ने अधिकार कागजमा मात्र सिमीत भएको र ऐन नियम कार्यान्वयन हुन नसकेको गुनासो गरेका थिए ।

No description available.

त्यस्तै लेखक तथा पत्रकार हरि बहादुर थापाले बजेट बिभाजनमा भिन्नता, तथ्यांक बिश्लेसन, स्थानीय तहमा बनाइएका ऐन कानुन,
स्थानीय तहमा जनप्रतीनिधिबिच हुने मतभेद लगाएतका विषयमा प्रशिक्षणात्मक मन्तब्य ब्यक्त गर्नुभएको थियो । मेट्राे कलेजका प्रााचार्य बसन्त आचार्यले कार्यक्रमकाे बारेमा जानकारी गराउनुभएकाे थियाे।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा भएको अन्र्तक्रीया कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका प्रबक्ता माधब वलीले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस्