दंगीशरण २ कलङ्गखोलामा कृषि वन उपज हाटबजार चौथो पटक सम्पन्न भएको छ । स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरण र आर्थिक विकासका लागि हाटबजार संचालन हुदै आएको छ ।
आज शनीवार सम्पन्न हाटबजारमा रु.९३ हजार ३ सय ७५ को आर्थिक कारोबार भएको जनाईएको छ । हाटबजारमा च्याउ तथा तरकारी, फलफुल, सिन्की, चिउरीको मह, स्थानीय हस्तकला ढकिया, डोका, गुन्द्री र किराना सामाग्री तथा ढिक्रि रोटी, चाउमिन, मस्म, पकौडा आदि खरिद विक्रि भएको थियो ।
स्थानीय कला संस्कृतिको संरक्षणका लागि रुकमेली र दंगाली झाप्रे नाच समेत प्रस्तुत भएको थियोे । अब पाँचौं पटक आउने फागुनको अन्तिम शनिबार २६ गते हाटबजार संचालन हुनेछ । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना एवम् दंगीशरण गाउँपालिका वडा न. २, दंगीशरण गाउँपालिका कृषि विकास शाखाको समन्वयमा हाटबजार संचालन हुने आयोजकले जनाएको छ ।