महायज्ञ सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम:मुख्यमन्त्री आचार्य



लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्ने प्रभावकारी माध्यम बन्दै गएकाे बताउनुभएको छ ।

धार्मिक तथा सांस्कृतिक अनुष्ठानहरूले समाजमा नैतिकता, एकता र सहयोगको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने गरेकाे मुख्यमन्त्री आचार्यले बताउनु भएको हाे ।

बुटवल उपमहानगरपालिका-१२ नयाँ गाउँमा माघ २२ गतेदेखि सञ्चालित महायज्ञमा सम्बाेधन गर्दै मुख्यमन्त्री आचार्यले सामाजिक उत्तरदायित्व बहन गर्न धार्मिक तथा सांस्कृतिक अनुष्ठानकाे भूमिका महत्त्वपूर्ण भएको बताउनु भयाे । धार्मिक अनुष्ठानका माध्यमबाट नैतिक शिक्षा, धार्मिक चेतना र परोपकारी कार्यहरू प्रवर्द्धन गर्न सकिने विश्वास व्यक्त गर्नु भयाे ।

`व्यक्तिकाे जीवन शैली परिवर्तन गर्न जरुरी छ । अहिले व्यस्त जीवन शैलिका कारण विभिन्न राेगबाट ग्रसित हुनुपर्ने अवस्था छ । याेग, ध्यान, साधनाबाट स्वस्थ र सन्तुलित जीवन बनाउन सकिन्छ´उहाँले भन्नुभयाे-`म पनि नियमित याेग, ध्यान र साधना गर्छु । विभिन्न राेगबाट पिडित भएको म अहिले याेग, ध्यान र साधनाबाटै स्वस्थ्य जीवन यापन गर्न पाएकाे छु ।´

स्थानीय समुदायको सहभागिताले यस्ता कार्यहरू अझ प्रभावकारी बन्ने र धार्मिक तथा सांस्कृतिक मूल्यमान्यताको संरक्षण हुने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्