तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरिएको छ । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक प्यानलका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारीले ‘घडी’ चुनाब चिन्ह पाउनु भएको छ ।
उपाध्यक्ष पदका उम्मेदवार नारायणप्रशाद शर्माले ‘भाले’, सचिव पदका उम्मेदवार रञ्जनकुमार गौतमले ‘माछा’ र कोषाध्यक्ष पदका उम्मेदवार भोला थापाले ‘पुतली’ चुनाब चिन्ह पाउनु भएको छ ।
सदस्य तर्फ प्रमोदकुमार योगी (शरद) ले ‘चस्मा’ र बुद्धिराम चौधरीले ‘कार’ चुनाब चिन्ह प्राप्त गर्नु भएको छ । त्यस्तै महिला सदस्यहरु तर्फ लुमा बुढा मगरले ‘डमरु’, सुष्मा अधिकारीले ‘चरा’ र शारदा सार्कीले ‘हात्ती’ चुनाब चिन्ह प्राप्त गर्नु भएको छ ।
यसैगरी खानेपानी चुनाबमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले मिलेर उम्मेदवारी दिएका छन । अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले बाघ चिन्ह प्राप्त गर्नु भएको छ । उपाध्यक्ष पदका उम्मेदवार लक्ष्मण केसीले लालटिन चिन्ह पाउनुभएको छ । सचिव पदका उम्मेदवार भुवन भुषालले स्याउ चिन्ह प्राप्त गर्नुभएको छ भने कोषाध्यक्ष पदका उम्मेदवार सुशिला न्यौपानेले ताला चाबी प्राप्त गर्नुभएको छ ।
यस्तै नेकपा माओबादी केन्द्रको सात दलको साझा प्यानल चुनाबी मैदानमा छ । जसको अध्यक्ष पदका उम्मेदवार सिताराम शर्माले फुटबल चिन्ह पाउनु भएको छ । उपाध्यक्ष पदका उम्मेदवार दुर्गाप्रसाद भण्डारीले तराजु चिन्ह प्राप्त गर्नु भएको छ ।
सचिव पदका उम्मेदवार रुद्रबहादुर ओलीले अटो चिन्ह पाउनु भएको छ भने कोषाध्यक्ष पदका उम्मेदवार कर्णबहादुर ओलीले करुवा चिन्ह प्राप्त गर्नु भएको छ । यसैगरी पुरुष सदस्यमा पदमबहादुर खड्काले खरायो चिन्ह प्राप्त गर्नु भएको छ भने सुकण्ठ सुशिल न्यौपानेले खड्कोण चिन्ह पाउनु भएको छ । महिलातर्फ सुशिला ओलीले बन्चरो, छमा भण्डारीले घर र प्रमिला तिवारीले दियो चिन्ह प्राप्त गर्नु भएको छ ।
यसैगरी पुरुष सदस्यमा मनबहादुर ओलीले कमलको फुल र प्रेम कवरले ट्याक्टर चिन्ह प्राप्त गर्नु भएको छ । महिलातर्फ कमला चौधरीले कुकर, मनिषा शेर्पाइलीले बल्भ र डिला परियारले मादल चिन्ह प्राप्त गर्नु भएको छ । निर्वाचन समितिका संयोजक प्रदीपककुमार धितालका अनुसार उम्मेदवारहरुले आँफै चुनाब चिन्ह रोजेका हुन ।
खानेपानीको नेतृत्व चुन्नका लागि चैत २ गते बिहान साढे ७ बजेदेखि दिउँसो साढे ४ बजेसम्म तुलसीपुरको अरनिको मैदानमा मतदानको समय तोकिएको छ । त्यो निर्वाचनले तीन बर्षे कार्यकालका लागि ९ सदस्यीय नयाँ कार्य समिति चयन गर्ने छ । यसपटक खानेपानीको नेतृत्व चुन्न १० हजार ९ सय १९ जना उपभोक्ताले मताधिकार पाएका छन ।