
प्रमोद आचार्य
“रुख रोपौ पर्यावरण जोगाऔ”भन्ने मुल उदेस्यका साथ दंगीशरण गाउँपालिका वडा न ३ को आयोजनामा वडा न ३ को परीसर तथा हेकुलि स्वास्थ्य चौकिको परीसरमा बृक्षारोपण गरीएकोछ ।
वडा न ३ को सक्रियतामा विभिन्न जातका ६० बोट बिरुवा रोपिएको वडा न ३ का वडा अध्यक्ष शुकलाल चौधरीले बताउनुभयो ।पतन्जलि योग समिती दंगीशरण,वडा कर्मचारी,स्वास्थ्य चौकिका कर्मचारी,जनप्रतिनिधि तथा स्थानियको सक्रियतामा बृक्षारोपण गरीएकोथियो ।
वडा तथा चौकि परीसरमा टिमुर,कपुर,लिच्ची,आप दालचिनि,अम्बा,छतकुन,घ्युक्वारी ,पारीजात,गुल्मोर,श्रीखण्ड,तथा बिभिन्न जातका फुलहरु रोपिएको थियो ।
बृक्षरोपण सङ्गै सम्पन्न कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बढ्दो जलवायु परीबर्तनको असरलाइ कम गरी पर्यावरणिय स्व्च्छता कायमगर्न पनि बृक्षरोपणको महत्त्व रहेको बताउनुभयो ।पछिल्लो समय श्रमदान प्रती नागरीको चासो घट्दै गइरहेको प्रती दुख ब्यक्त गर्दै हरेक सामाजिक काममा नागरिकको उत्तरदायित्व र सक्रियता बढ्नुपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८० साउन १ गते सोमवार