तुलसीपुर ३ भट्टे कृषि सहकारी संस्थाकि सदस्य देवीकला वली कृषकहरुको समस्या मध्यनजर गदै मकै थ्रेसर दिएको भन्दै खुसी ब्यक्त गर्नुभयो । यती मात्र नभई गाउँगाउँमा आउँने लघुबित्तले आफु जस्ता धेरै महिलाहरुको समस्या बुझ्ने गरेको बताउँनुभयो । जहाँ लगानी गर्यो त्यहि बाट ऋण लियो लघुवित्त बाट गाउँघरका महिलाहरुलाई अघि बढ्न , काम गर्न सहज भएको बताउँनुभयो । “हामीले कुरा बुझ्दैनौ कुरा बुझ्दा समय लाग्छ तर लघुबित्त बाट आउँनुभएकाहरु हामीलाई ऋण, आम्दानीका बारेमा बुझाएर जानुहुन्छ । अनी हामीलाई घर देखि सहकारी सम्म काम गर्न सहज हुन्छ । ” उहाँले भन्नुभयो ।
पम्फा सुनार लघुवित्त बाट भईपरि आउँने समस्या समाधान हुने गरेको बताउँनुभयो । कृषिमा मात्र नभई लगानी र बचत पनि सिकाउँने गरेको बताउँनुभयो ।“ हामी ठुला बैँकमा गएर काम कुरो गर्न जान्दैनम् । अहिले सम्म लघुवित्त बाटै ऋण लीने देखि तीर्ने सम्म यसैबाट गर्याछम । घर सम्म आएर कुरा बुझाउँनुहुन्छ पर्या बखत सहयोग गर्नुहुन्छ । हामी खुसी छम् ।” पम्फाले भन्नुभयो ।
रामकला वि.क को अनुभव पनि उस्तै छ । लघुवि मार्फत सानो सानो गर्दै ठुलो कार्यमा सहयोग मिल्दै गएको बताउँनुभयो । खर्च, आम्दानी , ऋण देखि सबै कृषकहरुको माग बमोजीम लघुवित्तले कृषि सामग्री दिदैआएको बताउँनुभयो ।
सहकारी सचिव केशर बहादुर वलीले सहकारी मार्फत समुह गठन गर्दा कृषि क्षेत्र मार्फत आम्दानी गर्न सफल हुदै गएको बताउँनुभयो । उँहाले सामुहिक रुपमा काम गर्न पनि सहज हुने र विभीन्न ठाउँबाट सहयोग पाउँदा कृषि क्षेत्रमा अझै उत्साह थप्ने र काम गर्न जागर लाग्ने गरेको बताउँनुभयो । जाल्पाले समय र प्रविधीको महत्व बुझेर सहयोग गरेको भन्दै खुसी ब्यक्त गर्नुभयो । मकै छोडाउने मेसिनको प्रयोग हुन थालेपछि हातले मकै छोडाउँदा खर्चिनुपर्ने समय र हात दुख्ने समस्याबाट छुटकारा पाउँने उहाँले बताउँनुभयो । जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था विजौरीले किसानहरुलाई कृषि औजार मकै थ्रेसर हस्तान्तरण गरेपछि खुसी हुदैँ कृषकहरुले यस्तो बताएका हुन् ।
जाल्पा द्धारा किसानलाई कृषि औजार ( मकै थ्रेसर ) हस्तान्तरण
जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था विजौरीले किसानहरुलाई कृषि औजार हस्तान्तरण गरेको छ । तुलसीपुर ३ भट्टे कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई एक कार्यक्रमका बिच सहयोग स्वरुप उक्त औजार हस्तान्तरण गरिएको हो । सस्ंथागत उत्तरदायीत्व कोष अन्र्तगत उक्त औजार हस्तान्तरण गरीएको जाल्पाले जनाएको छ ।
गाउँघरमा अझै पनि हातले मकै छोडाउँने र समय धेरै खर्च हुने गरेको भन्दै मकै थ्रेसर अनुदानमा उपलब्ध गराएको जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्थाका केन्द्रिय प्रवन्धक एमुना गौतमले बताउँनुभयो । मकैको घोगा एक भागबाट मेसिनमा राख्ने र अर्को भागबाट हेन्डिल घुमाए मकै एकैछिनमा छोडाउन सकिने भएकाले प्रविधिको विकाससंगै किसानहरुको माग बमोजिम उक्त मेसीन उपलब्ध गराएको उहाँले बताउँनुभयो ।
जाल्पा सामुदायीक लघुबित्त वित्तीय संस्था विजौरी शाखा प्रबन्धक माधवा रेग्मीले सानो सानो वस्तुले ठुलो काम सम्पन्न हुने भन्दै लघुबित्तसंग सहकार्य गरेमा ऋण लिने, आम्दानी बढाउँने, ब्यवसायीक तरीकाले अगाडि बढ्नका लागि सहयोग गर्दै आएको बताउँनुभयो । दुरदराजका नागरिकहरुको हरेक समस्यामा लघुबित्तले सहयोग गर्दै आएको भन्दै जाल्पाले महिलाहरुमा पाठेघरको अपरेसन भएमा उपचार खर्च, सुत्केरी हुँदा पोषण स्याहार कार्यक्रम, पशु सेवा अन्र्तगत पशु विमा, सेयर सदस्यहरुका लागि बिशेष भइपरि आउँने समस्यामा सहयोग गर्दै आएको बताउँनुभयो ।
भट्टे सहकारी सस्ंथा लिमीटेड तुलसीपुरका अध्यक्ष कर्ण बहादुर वलीले लघुवित्तले कृषकहरुलाई समुह बनाई लुट्छ भन्ने कुरालाई गलत प्रमाणित गरि लघुवित्त कृषिमैत्री भएको बताउँनुभयो ।
“सरकारले किसानहरुका लागि गर्ने कार्य लघुवित्तले गरेको छ । कृषिकर्जा, महिला उधमकर्जा ठुला बैँकले मात्र दिने गरेको छ । ठुला बैँकले ठुला ब्यवसायीहरुसंग मात्र गोष्ठि र सेमीनार गर्छ तर हामी गाउँका कृषकहरुलाई लघुवित्तले धरे कुरा सिकएको छ । अशिक्षीत, निम्न वर्गका लाई बुझाएको छ । हामी गाउँका किसानलाई गाउँमा घरघरमा आएका आम्दानी र बचतका कुरा सिकाएको छ । हरेक कार्यमा प्रोत्साहन दिएको छ । ” उहाँले भन्नुभयो ।
उहाँले संघ,प्रदेश, स्थानीय सरकारले नीती बनाउँने तर किसानका घरमा आएर कहिले पनि समस्या बुझ्ने नगरेको गुनासो गर्नुभयाे । उहाँले कृषिकर्जा, लघुउधमकर्जा उपलब्ध गराउँन आग्रह गर्नुभयो । साथै सहकारी मार्फत लगुवित्तसंग सहकार्य गरि कृषि यान्त्रीकरण र आधुनीकिकरण गर्न सहकार्य गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
सहकारीमा आवद्ध भट्टेका कृषकहरुले जाल्पाले भईपरि आएको समयमा सहयोग गरेको भन्दै खुसी ब्यक्त गरेका थिए । जाल्पाले गठन गरेको केन्द्र न.१३४ र २३६ मा आवद्ध ५५ जना कृषक सदस्यहरु लगाएत त्यस क्षेत्रका जम्मा १५० घरधुरी लाभान्वीत हुने अपेक्षा सहित उक्त मकै थ्रेसर उपलब्ध गराएको जनाईएको छ । यसअघि पनि जाल्पाले भट्टेका किसानहरुलाई थोपा सिचाईका लागी टनेल वितरण, सहकारीमा बस्नका लागि कुर्सी, घर भत्कीएकाहरुका लागि क्षतीपुर्ती, ब्यवसायका लागि ऋण सहयोग स्वरुप उपलब्ध गराउँदै आएको छ ।
कृषि औजार हस्तान्तरण कार्यक्रमको शहजीकरण जाल्पाका राजेश रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा लघुवित्तका वरीष्ठ सहायक पार्वता के.सी., सहकारीमा आवद्ध कृषकहरुको सहभागिता रहेको थियो ।