दंगीशरणमा चालु आर्थीक बर्षका योजनाहरु सम्पन्न



May be an image of outdoors

दंगीशरण गाउँपालीकाले आर्थिक वर्ष २०७८ र ०७९ को सम्पूर्ण कार्यक्रम तथा योजनाहरु सम्पन्न गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रम तथा योजनाहरुको सम्पूर्ण भुक्तानी तथा निकासीको काम सम्पन्न गरेको जनाएको छ ।

गाउँपालिकाले यस चालु आर्थिक वर्षमा गाउँपालिकाको कुल खर्च ८१ प्रतीशत गरेको छ । जसमध्य पुजिगत तर्फ ७५ प्रतीशत तथा चालु तर्फ ८७ प्रतिशत खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिम बहादुर खड्काले जानकारी दिनुभयो ।

गाउँपालिकाका अनुशार आर्थिक वर्ष २०७७ र ०७८ मा गाउँपालिकाको चालु खर्च ७८.६४ प्रतिशत र पुँजिगत खर्च ७४.३८ प्रतिशत भएको थियो । अघिल्लो वर्षमा भएको खर्च प्रतिशतका आधारमा विश्लेषण गर्ने हो भने चालु आर्थिक वर्ष २०७८÷७९ मा गाउँपालिकाको चालु खर्च र पुँजिगत खर्च दुबै वृद्धि भएको र लगभग सम्पूर्ण योजनाको काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत खड्काले जानकारी दिनुभयो ।

आर्थिक वर्षलाई सफलतापूवर्क सम्पन्न गर्नका लागी गाउँपालिकाले सम्पूर्ण वडा कार्यालय,उपोभोक्ता समिति र विषयगत शाखालाई असार २० गते सम्मको अन्तिम समयसिमा दिएको र टेण्डरबाट संचालित आयोजनाहरुको हकमा अन्तिम भुक्तानी लिन असार २३ गते सम्मको समयसिमा दिएको थियो । सोहि अनुरुप असार २४ गते राति सम्म कर कट्टी दाखिला बाहेक सबै प्रकारका भुक्तानी सम्पन्न गरिएको लेखा शाखा प्रमुख भरत केसिले जानकारि दिनुभयो ।

के.सी.का अनुशार भुक्तानीको सम्पूर्ण काम सम्पन्न भएपछि गाउँपालिकाले सम्पूर्ण आर्थिक हिसाव भिडान गरी संघिय र प्रदेश अन्तर्गत गाउँपालिकालाई प्राप्त भएको शशर्त, विशेष र समपुरक कोष अन्तर्गतको खर्च हुन नसकेको रकम असार मसान्तभित्रै फिर्ता गर्ने र सम्पूर्ण प्रतिवेदन कोष तथा लेखा नियन्त्रकको का
र्यालय दांङलाइ बुझाउने गरी कार्य अघि बढेको छ ।

यस्तै योजना शाखा प्रमुख लेखनाथ आचार्यका अनुशार चालु आर्थिक वर्षको सम्पूर्ण काम समयतालिका बमोजिम गाउँपालिकाले तोकिएकै समयमा गाउँपालिकाको योजनाका कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकाका नव निर्वाचित अध्यक्ष शम्भु गिरीले योजना तथा भुक्तानीका कार्य सम्पन्न भएसंगै गाउँपालिकाका कर्मचारी, उपभोक्ता समिती सबैलाई धन्यवाद ब्यक्त गर्नुभएको छ ।

 

 

प्रकाशित मिति : २०७९ असार २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्