तुलसीपुर स्थीत पातुखोलामा फोहोरको डंगुर , वातावरण दिवसमा कसैको आँखा पुगेन

फोटो फिचर


वातावरण दिवसका अवसरमा तुलसीपुरमा धेरै कार्यक्रमहरु भए । वातावरण संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने भाषणभिषण पनी भए । औपचारीक कार्यक्रम भन्दा पनि अनुगमन कार्यलाई प्राथमिक्ता दिएको भए अली सार्थक हुन्थ्यो कि ?

पातुखोलामा दिनहु फोहोर थुपरीएपछि तलसीपुर ५ र ९ वडा बासी बस्न र हिड्न समस्यामा परेका छन् । दैनीक पातुखोला बाटो हिड्ने नागरीहरु थुक्दै नाक खुम्च्याउँदै हिड्न बाध्य छन् । वातारण प्रदुषणले पातुखोला वरपर बासीहरुलाई बस्न समस्या त छ नै हिड्ने नागरीकहरु लाई उत्तीकै समस्या परिरहेको छ । गर्मी समयमा थुपारीएका फोहेर बाट रोगको सक्रमण नहोला भन्न सकिन्न । तर यसमा कसैको ध्यान जान सकेको छैन । दिनहुँ फोहोरको डंगुर थुपरीने गर्दछ । यसरी तुलसीपुरका चारै तर्फको फोहोर थुपरीपछि फोहोर ब्यवस्थापन कसरी गर्ने चुनौतीको विषय बन्न पुगेको छ ।

अमृतनगर टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त भण्डारी भन्नुहुन्छ “ फोहोर ब्यवस्थापन गर्ने विषयमा टोलमा छलफल भएको हो । तर कसैमा पनि चेतना नभएका कारण वर्षौ यो समस्या आईलागेको छ । हामी पटक पटक अनुरोध गर्यो फोहोर पातुखोलामा नफाल्नुहोस् । नगरपालीकाको गाडि आउँदा त्यहा ब्यवस्थापन गर्नुहोस् भनेर तर कसैले टेरेन । अव हामी थाकीसकेका छौँ । यस ठाउँको नागरीकहरुमा चेतना छैन । हामी के गर्न सक्छौँ र ? केहि महिना अघि डोजर लगाएर फोहोर पुरेका थियो । फेरी उस्तै भएको छ । जती आग्रह गर्दा पनी सुन्दैनन् यहाका नागरीक । अव वर्खामा भेल आउँछ अनी बगाएर लग्छ । अन्तीम उपाए त्यहि हो । ”

बसपार्क र बेलुवाको बीचमा रहेको पातुखोलामा फोहोर फ्याँकिने हुँदा त्यस आसपासका क्षेत्रहरु दुर्गन्धित बन्दै गएको छ । त्यस आसपासका क्षेत्रका मात्र नभई बजारमा संकलीत फोहोर पनी त्यहि जम्मा हुने गरेका कारण फोहोर बढ्न थालेको स्थानीय बताउँछन् ।

फोटो फिचर

No description available.

No description available.

No description available.

 

No description available.

No description available.

 

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस्