गोर्खा स्कुलको बार्षिकोत्सब सम्पन्न

निजी विधालयले शैक्षिक बिकासमा फड्को मारेको छ ः खड्का


गोर्खा माबि तुलसीपुरको १२ औँ बार्षिकोत्सब सोमबार भब्य कार्यक्रमका बिच सम्पन्न भएको छ । बिबिध कार्यक्रमका विच बिधालयले भब्यताका साथ बार्षिकउत्सव सम्पन्न गरेको हो । बार्षिकोत्सब समारोहमा कार्यक्रमका प्रमुख अतीथि तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले शैक्षिक बिकासमा नीजि बिधालयले गुणस्तर शिक्षा प्रदान गरेको भन्दै शैक्षीक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभएको थियो । उहाँले शिक्षाको क्षेत्रमा सोचे भन्दा फरक तरीकाले निजी विधालयले फड्को मारेको भन्दै कुनै पनि तरीकाले आफनै ठाउँमा प्रयोगमा ल्याउन् सक्ने शिक्षा प्रदान गर्न आवश्यक रहेको बताउँनुभयो ।
नगर प्रमुख खड्काले गोर्खा ग्रुपले दाङमा शैक्षिक र स्वास्थ्यक्षेत्रमा योगदान गरेको चर्चा गर्दै यस क्षेत्रमा गोर्खाको शैक्षिक योगदान ठूलो भूमिका रहेको र गुणस्तरीय शिक्षा प्रदान गर्न सफल भएकाले अवका दिनमा स्वदेशमा केह गर्ने वातावरण सिर्जना गर्न आबश्यक जनशक्ति उत्पादनमा ध्यान दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा काठमाडौँ बिश्वबिद्यालयका पुर्ब उपकुलपति प्रा।डा। सुरेशराज शर्माले आफुले काठमाडौँ बिश्वबिद्यालयको नेतृत्व गर्दा प्राबिधीक धारलाई प्राथमिकता दिएको भन्दै यहाँ पनी ग्रामीण बस्तीसंग जोडिएका शिक्षालाई प्रविधिमैत्री तरीकाले अगाडि बढाउँन आग्रह गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक बिकास कार्यालयका निर्देशक यमबहादुर केसी, प्याब्सन दाङका अध्यक्ष मदुसुदन केसी, गोर्खा मोडर्न स्कुल लालमटियाका प्रिन्सिपल बसन्त घर्ती, अभिभावक शोभाराम धितालले लगाएतले आ आफनो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीले विभिन्न गीत, जातीय पहिचान झल्काउँने नृत्य, नाटक प्रस्तुत गरेका थिए । शैक्षिक सत्र २०७८ मा कक्षा प्रथम, द्धितीय, तृतीय हुने बिद्यार्थीलाई पुरस्कार बितरण समेत गरिएको थियो । यस्तै विज्ञान विषयका छात्रछात्राहरुले निर्माण गरेका विज्ञान प्रयोगशाला प्रदशर्नीमा राखीएको थियो ।
गोर्खा ग्रुपका सस्थापक अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा कार्यक्रम भएको हो । गोर्खा ग्रुपका शैक्षिक कोर्डिनेटर दुर्गाबहादुर केसीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा गोर्खा स्कुलका प्रिन्सिपल बिजयमान जिएमले बिद्यालयका गतिबिधी र उपलब्धीका बारेमा जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षक पुर्णबिक्रम डाँगी र कमल भण्डारीले ले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्