
नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान ६ बजेर ३० मिनेटसम्म जारी रहेको थियो ।
महाधिवेशनमा कुल २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी रहेकामा २ हजार २ सय २७ मत खसेको छ । कुल मतदाता २२६३ मध्ये ३६ जना विभिन्न कारणले मतदानमा सहभागी हुन नसकेको एमाले केन्द्रीय निर्वाचन आयोग कार्यालयले जनाएको छ ।
लामो समयसम्म चलेको मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्न भएसँगै आज बिहान ११ बजे भृकुटीमण्डपमै मत परिणाम सार्वजनिक गर्ने, निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ ।
मत परिणामसँगै एमालेको नयाँ नेतृत्व औपचारिक रूपमा घोषणा हुने छ ।
प्रकाशित मिति : २०८२ पुष ३ गते बिहिवार

