ग्रीन फाउण्डेसन नेपाल दाङ शाखाको जिल्ला भेला आज शुक्रवार तुलसीपुरमा सम्पन्न भएको छ । ग्रिन फाउन्डेसन दाङका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । भेलाले ग्रीन फाउण्डेसनलाई परिस्कृत गर्दै अगाडि बढाउँनुपर्ने, हरेक नागरीकहरुलाई उधमी बनाउँने, हरेक स्थानीय तहसंग सहकार्य गर्दै कार्यक्रमलाई परिस्कृत गर्ने, नँया योजनाका साथ कार्यक्रम संचालन गर्ने ,उत्पादनलाई जोड दिई उत्पादित सामानहरुको वजारीकरणलाई बढावा दिने लगाएतका निर्णयहरु गरेको छ ।
ग्रीनले परम्परागत सिपलाई पुस्तान्तरण गर्यो ः मेयर खड्का
तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काले ग्रीन फाउण्डेसन दाङले हराउँदै गएको परम्परागत सिपलाई पुस्तान्तरण गर्ने काम गरेको बताउँनु भएको छ । उहाँले सिपलाई बचाउँन र नँया पिढीमा हस्तान्तरण गरी उधमी बन्नका लागि फाउण्डेसनले अहम भूमीका नर्वाह गरेको बताउँनुभयो । सस्ंथाको सामाजीक कार्यले समाज परिवर्तन संगै नागरीकलाई आत्मनिर्भर बन्नमा उत्प्रेरीत गरेको बताउँनुभयो । विभीन्न सिपमुलक कार्यलाई बजारसंग जोडिदियो भने आर्थीक पाटो मात्र नभई नागरीकहरुको स्तरउन्नतीमा टेवा पुग्ने उहाँले बताउँनुभयो ।
बिभीन्न कच्चा पदार्थलाई सदुपयोग गरी यसलाई बचाउँन सस्ंथाले गरेको कार्यलाई श्रमसंग जोडिएकाले यस्तो खालको श्रमलाई सदुपयोग गर्नुपर्ने बताउँनुभयो । दुना टपरी उधम खोली वातावरणलाई प्रत्यक्ष रुपमा असर गरिरहेको प्लाष्टिकलाई विस्थापित गर्ने कार्य नै उत्तम कार्य रहेको उहाँको भनाई थियो । अव हरेक नागरीक कुनै न कुनै माध्यमबाट उधमसंग जोडिनु आजको आवश्यक्ता रहेको बताउँनुभयो । सभ्य समाज, सम्पन्न परिवार निर्माणका लागि आम नागरीक उधमशिल हुन जरुरी रहेको उँहाको भनाई थियो ।
कार्यक्रममा वडा न. ६ का वडा अध्यक्ष दुजमान भण्डारी, वडा न.८ का वडा अध्यक्ष धर्म वली, फेकोफनका अध्यक्ष पदम के.सी, उपाध्यक्ष चन्द्र बहादुर वली, बुद्धिजिवी विकीरण गौतम, तुलसीपुर १२ का पुर्व वडा अध्यक्ष श्याम डांगी लगाएतले ग्रीन फाउण्डेसन अव नँया योजनाका साथ अगाडि बढ्नुपर्ने सुझाव दिएका थिए ।
ग्रीन फाउण्डेसनका उपाध्यक्ष तिलक साहुको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण फाउण्डेसनका सचिव शुरेस रावतले गर्नुभएको थियो ।
ग्रीन फाउण्डेसन दाङले के गर्यो ?
ग्रीन फाउण्डेसन नेपाल दाङ शाखाले दाङका ६ वटा पालीकामा उधमशिल कार्यक्रम संचालन गरिरहेको छ । हरेक नागरीकलाई उधमसंग जोड्नका लागि र जिवीकोपार्जन र आर्यआर्जनका लागि उधमशिल कार्यक्रम संचालन गरिरहेको जनाएको छ । ग्रीन फाउण्डेसनले तुलसीपुर उपमहानगरपालीका, दंगीशरण गाउँपालिका, शान्तीनगर, बबई, कपुरकोट गाउँपालिका सल्यान र रुन्तीगढि गाउँपालिका रोल्पामा कार्यक्रम संचालन गरेको छ । अव भने घोराहि उपमहानगरपालीका, लमहि नगरपालीका, कालीमाटि गाउँपालिका सल्यान र त्रीवेणि गाउँपालिकामा कार्यक्रम संचालन गर्ने जनाएको छ ।
फाउण्डेसनले तुलसीपुर उपमहानगरपालीका, दंगीशरण गाउँपालिका, शान्तीनगर, बबई, कपुरकोट गाउँपालिका सल्यान र रुन्तीगढि गाउँपालिका रोल्पामा विभीन्न समुहमा ३५ सय जनालाई उधममा जोड्न उत्प्रेरीत गरेको छ । मावि उरहरी तुलसीपुर,मेट्रो कलेज हरीपौरी, मावि सेन्टर, वाल मितेरी भोजपुर, दिपेनद्र मावि मानपुर, मावि श्रीगाउँ, मावि दोघरे, मावि दमारगाउँ, विरेन्द्र मावि हेकुली लगाएतमा अध्ययनरत विधार्थीहरुलाई पढ्दै कमाउँदै र उधमशिलता विकास सम्बन्धि अभिमुखीकरण गरी क्लव गठन गरेको छ । यसैगरी ६ वटा स्थानीय तहमा २० भन्दा वढि समुहमा ४ सय जनालाई उधमशिलता विकास तालीम, ३ सय १७ वटा सामुदायीक बनमा हक अधिकार सम्बन्धि क्षमता विकास, वनको सिमाङकन र नक्साङ्कन निर्माण गरि तथ्यांक समावेश गरि कामलाई तिव्र वनाएको जनाएको.छ ।
यस्तै फाउण्डेसन द्धारा विभीन्न उधम समुह गठन भएका छन् । कपुरकोट अर्गानीक सिस्नो उधम, रुन्तीगढि अर्गानीक उधम समुह होलेरी, सुर्योदय महिला ढकिया उधमी समुह तुलसीुर ८ बटोलपुर, गनारी महिला ढकिया उधमी फर्म दंगीशरण २, मिलिजुली तीलकन्या दुना टपरी उधौगी फर्म दंगीशरण १ छर्कट्टा, बस्तीखोला अर्गानीक सिस्नो पाउडर उधौग शान्तीनगर ३, रंगैचा दुना टपरी फर्म शानतीनगर ५, सल्लिकोट दुना टपरी फर्म बबई लगाएतका समुह गठन गरेको छ ।
वनलाई हराभरा गर्नका लागि विभीन्न सामुदायीक वनमा बृक्षारोपन कार्यक्रम गरेको छ । यस्तै उधमीहरुलाई प्रविधिसंग जोड्नका लागि वैबसाईड निर्माण गरेको छ । नागरीकहरुलाई प्रविधिसंग प्रत्यक्ष रुपमा जोड्नका लागि सुर्योदय महिला ढकिया उधमी समुह, पकरे कालीका कृषि वन उधम समुहको वेवसाइृड निर्माण गरेको छ ।
यस्तै फाउण्डेसनले पर्यटन प्रवद्धन सहयोगका लागि तुलसीपुर ७ गणेशपुरमा रहेको राप्ती शान्ती उधानलाई घोडा हस्तान्तरण गरेको जनाएको छ ।