शिवशक्ती टोल समुह र सुर्यमुखी टोल समुहको संयुक्त साधारण आज दंगीशरण गाउँपालिका श्रीगाउँमा सम्पन्न भएको छ । सभामा दंगीशरण गाउँपालिका वडा न. ७ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रेशम वलीले समुहले समाजमा गरेका कार्यहरु प्रशंसनीय रहेको बताउँनुभयो । समुह मार्फत महिलाहरुको क्षमता र दक्षतामा निखार ल्याएको भन्दै सामुहिक कार्य मार्फत सफल भइदोरहेछ भन्ने कुराले सार्थक्ता पाएको बताउँनुभयो । वडाको बिकाश भौतीक पुर्वाधारले मात्र नभएर हरेक नागरीकहरुको जिवनशैली परिवर्तन गर्नु रहेको भन्दै यी यस्ता संघ सस्ंथाहरुसंग सहकार्य गर्न आफु सधै तयार रहेको बताउँनुभयो ।
“म एक वडा अध्यक्षको हैसीतले ,यस वडाको नागरीकको हैसीयतले कुनै पनी कार्यमा हातेमालो गर्न तयार छु यसको वडाको समृद्धिका लागि म सधैँ लागिपर्नेछु । ” – वडा अध्यक्ष वलीले भन्नुभयो ।
सभामा वडा सदस्य चन्दा योगी, समृद्ध समाजकी भिष्मा वि.सी, शोभा आचार्य लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा स्थानीय कलाकार जे.वी. वलीले गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो । सुुर्यमुखी समुहका अध्यक्ष मिना योगीको अध्यक्षतामा सभा सम्पन्न भएको हो । शुष्मा देवकोटो स्वागत मन्तब्य बाट शुरु भएको सभाको शहजीकरण शिवशक्ति समुहका अध्यक्ष नारायणि देवकोटाले गर्नुभएको थियो ।