घोराहीमा ट्राफिक सचेतना प्रभातफेरी



 

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको आयोजनामा घोराही ट्राफिक सचेतना कार्यक्रम भएको छ । घोराहीमा ¥याली गरेर सचेतना कार्यक्रम भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय, प्याब्सन दाङ र प्याब्सन घोराही उपमहानगरपालिकाको आयोजनामा सामाजिक संघसंस्था एवं विद्यालय, कलेजहरुको उपस्थितिमा सचेतना ¥याली गरिएको थियो ।
घोराहीको भानु चोकबाट सुरु भएको ¥याली दामोदर चोक, बालमन्दिर, लखक पार्क, तीनकुने चोक, दुरसञ्चार, गणेश मन्दिर, बैंक रोड, नेपाल बैंक, शहिद गेट हुदै पुनः भानु चोकमा पुगेर समापन गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डि.सीले हरेक नागरिकलाई ट्राफिक नियमबारे जानकारी हुन आवश्यक भएको भन्दै सडक प्रयोग गर्दा सबैले नियमको पालना गर्नुपर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरु पनि सचेत भएर परिवारलाईपनि सिकाउनुपर्ने बताउनुभयो । प्रहरीलाई देखेपछि मात्र नियम पालना गर्ने प्रचलन रहेकाले ट्राफिक नियम प्रहरीकोलागी भन्दा पनि आफ्नोलागी गर्नुपर्ने उहाँको भनाई थियो ।

जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी उपरिक्षक जनकबहादुर मल्लले प्रहरीले सचेतनामूलक कार्यक्रम आयोजना गरिरहेको बताउदै हरेक व्यक्ती नियमबारे जानकार हुनुपर्ने बताउनुभयो । सानो गल्तीका कारण हुने सवारी दुर्घटनाबाट ठुलो क्षति हुने भएकाले सवारी चालक एवं पैदल यात्रुहरु सचेत हुन आवश्यक रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै सामुदायिक प्रहरी सेवा केन्द्र दाङका अध्यक्ष आर.के.शीतलले विद्यालयहरुले पाठ्यक्रममा समेटेर वा अतिरिक्त क्रियाकलाप अन्तरगत ट्राफिक नियमबारे जानकारी गराउन आवश्यक रहेको बताउनुभयो । ट्राफिक नियम कार्यान्वयन गराउने निकाय पनि जिम्मेवारीकासाथ लाग्न आवश्यक रहेको बताउनुभयो । साथै यस क्षेत्रमा स्थानीय सरकारहरुले लगानी गर्नुपर्ने पनि उहाँको भनाई थियो ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले ट्रफिक नियमको पालना अरुकोलागी भन्दा पनि आफ्नोलागी गर्न आवश्यक रहेको बताउनुभयो । प्याब्सन घोराही उपमहानगरपालिकाका अध्यक्ष बिरेन्द्र चन्दले सम्पूर्ण विद्यालयहरुले विद्यार्थीहरुलाई सचेतना कार्यक्रममा सहभागी गराउनुपर्ने बताउनुभयो ।

¥यालीमा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक किरणप्रकाश मल्लले ट्राफिक प्रहरीले समय समयमा सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने गरेको बताउदै सम्पूर्ण नागरिकहरु यस विषयमा गम्भीर बन्न आवश्यक रहेको बताउनुभयो । उहाँले ट्राफिक नियमको पालना गर्नु हरेक जिम्मेवार नागरिकको कर्तव्य भएकाले नियमको पालना गर्न सबैमा अनुरोध गर्नुभयो ।

कार्यक्रममा साहित्यकार डा. लोकराज पराजुलीले चेतनामूलक मुक्तक वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण प्रहरी जवान बिनोद आचार्यले गर्नुभएको थियो ।

¥यालीमा जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङ जिल्ला उद्योग वाणिज्य संघ, प्याब्सन, जनज्योति मावि, गोदाबरी मावि, माउण्ट भ्यू, मनकामना बोर्डिङ, ज्ञानसिन्धु मावि, गोर्खा मावि, लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्