घोराही उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक हुमा डिसीले आर्थिक वर्ष २०७९÷०८० को हालसम्म न्यायिक समितिमा सरिआएका २१ सहित १ सय ३ वटा मुद्धा दर्ता भएको बताउनुभएको छ । जसमा ५७ वटा फछर्यौट भएको छ भने ४६ वटा प्रक्रियामा रहेको छ ।
सबैभन्दा बढी जग्गा विवादका २५ मुद्धामा १० वटा फछर्यौट भएको छ भने १५ वटा प्रक्रियामा रहेको छ । यसैगरी लालनपालनका १५, मानाचामल २, पारिश्रमिक नदिएको २, वातावरण प्रदुषण २, गाली बेईज्जती २, रुख हटाई पाउँ २, घर बहाल १, लनेदेन १५ र अन्य १६ वटा मुद्धा दर्ता भएको उहाँको भनाई रहेको छ । संचारिका समुह दाङ शाखाले आयोजनामा गरेको उपप्रमुख तथा न्यायिक समितिका संयोजक डिसीसंग गरेको साक्षात्कार कार्यक्रममा उहाँले यस्तो जानकारी गराउँनुभएको हो ।
कार्यक्रममा संयोजक डिसीले न्यायिक समिति मार्फत भएगरेका कामहरुका बारेमा जानकारी गराउँदै आगामी दिनमा महिलामुखीका कार्यक्रमलाई प्राथमिकतामा राख्दै त्यसको परिणाम देखिने गरेर काम गर्ने कुरामा जोड दिनुभएको थियो ।
संचारिका समुह दाङ शाखाका अध्यक्ष सुलोचना गौतमको अध्यक्षता तथा न्यायिक समितिका संयोजक हुमा डिसीको प्रमुख आतिथ्यतामा साक्षात्कार कार्यक्रम गरिएको हो ।
साक्षात्यकार कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका उपाध्यक्ष बसुन्धरा गौतम, निवर्तमान उपाध्यक्ष लिला शाह,संचारीका ईञ्चार्ज रंजीता शर्मा लगाएत क्रियासिल महिला पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण संचारिका समुह दाङ शाखाका सचिव निरला अर्यालले गर्नुभएको थियो ।।