सामुदायिक वनको कार्ययोजना निर्माण ,डाटा पोर्टल तथा उधम विकास तालिम तुलसीपुरमा शुरु

कृषि र वनलाई उधमसंग जोड्नुपर्नेमा जोड


No description available.

सामुदायिक वनको कार्ययोजना निर्माण ,डाटा पोर्टल तथा उधम विकास तालिम आज देखि तुलसीपुरमा शुरु भएको छ । ग्रिन फाउन्डेसन नेपाल दाङको आयोजनामा तालीम सुरु भएको हो ।

ग्रीन फाउन्डेसन नेपाल दाङका अध्यक्ष विष्णु बहादुर के. सी. को अध्यक्षता एंव वागमति प्रदेशका माननीय भारति पाठक को प्रमुख आतीथ्यता तथा ग्रीन फाउण्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको विशीष्ट आतीथ्यतामा तालीम शुरु भएको हो ।

No description available.

उद्घाटन कार्यक्रममा प्रमुख अतीथी पाठकले वन ऐनका विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउँनुभयो । देशभरिका १ सय २२ वटा सामुदायिक वन उपभोक्ताहरुको समस्या र कार्य सम्पादन र विष्लेसन गरेर कार्ययोजना बनाउनका लागि अभियान संचालन भइरहेको बताउँनुभयो । स्थानीय सरकार मार्फत स्थानिय समुदायको शसक्तिकरण गर्नुपर्ने भन्दै स्थानीय तहले नै संविधान मा ब्यवस्था अनुशार कानुन बनाउनुपर्ने कुरामा जोड दिनुभयो । स्थानीय सरकारले बनाउने कानुनमा स्थानिय वन ऐनलाइ समेटिएको हुनुपर्ने भन्दै उधम संग जोडिएका उत्पादन लाइ स्थानिय सरकारले प्राथमिक्ता दिनुपर्ने बताउँनुभयो । वन र कृषिमा उधमि बन्ने सम्भावना भएकोले वन र कृषिमा सरकारले लगानी गरि आर्थीक उपार्जन हुने खालका कार्यक्रम संचालन गर्न सुझाव दिनुभयो । हरेक नागरीकले आर्थीक रुपमा सम्पन्न हुनका लागि वन र कृषिलाई आम्दानीको स्रोतका रुपमा लीएर अगाडि बढ्नुपर्ने बताउँनुभयो ।

No description available.

ग्रिन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले वन बाट नेपालमा दश हजार युवालाई रोजगारी दिन सकिने भन्दै वन ऐन कार्यान्वयन नभएको प्रती चिन्ता ब्यक्त गर्नुभयो । उहाँले देशभरका एक सय बढि पालीकामा वन ऐन बनाएर कार्यान्वयनको चरणमा रहेको बताउँनुभयो ।

प्राकृतिक स्रोतमा पुँजीपतिको दवावका कारण राज्यले नीति बनाउने गर्दा प्राकृतिक दोहन भइरहेको बताउँदै वन र कृषि बाट आर्थीकोपार्जन गरि गरीबी र पछौटेपनको अन्त्य गर्न जरुरी रहेको कुरामा जोड दिनुभयो ।

हाम्रो पहुँच सहकारीका अध्यक्ष शुक्रराज भण्डारी देशको अर्थतन्त्र बलियो बनाउन तर्फ लाग्नुपर्ने भन्दै सामुदायिक वनलाई उपभोक्ता संग जोडिएर लाभ लिने खालको कार्ययोजना बनाउनुपर्ने बताउँनुभयो ।

सामुदायिक वन महासंघ दाङका उपाध्यक्ष चन्द्रबहादुर वलीले स्थानीय स्रोत साधनलाई भरपुर सदुपयोग गर्न तर्फ लाग्नुपर्ने बताउँनुभयो । नेपाल पत्रकार महासंघ दाङ शाखाका सह सचिव दिप्तीशिखा चौधरीले वन र कृषिसंग जोडिएका धेरै कार्यक्रम संचालन गरेपनि कार्यान्वयनको पाटोमा फितलोपना देखिएको बताउँनुभयो ।

No description available.

स्थानिय सामुदायिक वन महासंघका सचिव रक्षा काफ्लेको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको शहजीकरण अरविन पौडेलले गर्नुभएको थियो । तालीममा ग्रीन फाउण्डेसन संग जोडिएरका वन विज्ञानमा अध्ययन गरिरहेका २६ जनाको सहभागिता रहेको छ । तालीम चार दिन सम्म संचालन हुने ग्रीन फाउण्डेसनका सचिव शुरेस रावतले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० चैत्र २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्