तुलसीपुर नगर जेसीज सप्ताह २०८२ को तयारी पूरा




तुलसीपुर नगर जेसीज सप्ताह २०८२ काे तयारी पूरा भएको छ । नगर जेसीजका अध्यक्ष सन्दिप भुसालको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिइएको हो । सप्ताह जेठ २४ गते उद्घाटन समारोहबाट सुरु हुनेछ ।

सप्ताहभर विभिन्न कार्यक्रम सञ्चालन हुनेछन् । दोस्रो दिन प्रेम अनुभव सचिवालय, तेस्रो दिन ‘विद्यार्थीसँग जेसीज’, चौथो दिन बालापुर माविमा शैक्षिक सामग्री वितरण, पाँचौं दिन वक्तृत्वकला, छैठौं दिन अन्तर–ब्याडमिन्टन प्रतियोगिता तथा सातौं दिन रक्तदानसहित समापन कार्यक्रम हुनेछ ।

 

कार्यक्रमका मूल संयोजक केशवराज केसी, सञ्चालन महासचिव बुद्धि सापकोटा, आस्थपाठ शरद देवकोटा रहनेछन् ।

पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष झरेन्द्र खरेलले जेसीजले विधिमार्फत समाजमा दिगो विकास गर्न योगदान दिँदै आएको बताउनुभयो ।  पूर्व अध्यक्षहरूको कार्यकालमा खानेपानी धारा, प्रतीक्षालय, जेसीज वाटिका, शौचालय, ट्राफिक बिट जस्ता कामहरू सम्पन्न भएका थिए ।

प्रकाशित मिति : २०८२ जेष्ठ २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्