तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते




तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते मध्य एक जना अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सुर्य रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका– ५ का १५ वर्षका सपना बुढाथोकीको अबस्था गम्भिर रहेको छ । उहाँको ढाड, टाउको र पेटमा चोट लागेको छ ।

प्रहरी प्रवक्ता रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका–५ का ६२ वर्षका भिमा बुढा, सोही ठाँउका ६७ वर्षका मञ्जिता बोहोरा, ३८ वर्षको विजय बुढाथोकी, कपुरकोट गाँउपालिका–४ का ४६ वर्षका सिमा बुढा, कपुरकोट गाँउपालिका–६ का गारेलाल बोहोरा घाइते भएका छन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्तपाल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आज दिउँसो करिब १ बजेतिर कपुरकोट गाँउपालिका–३ लामिडाडामा दुर्घटना भएको हाे । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस्