तुलसीपुरमा दुई दिनदेखि खानेपानीको धारा अबरुद्ध,उपभोक्ताहरुलाई ट्याङकर बाट पानी खुवाउदै



तुलसीपुरमा डिप बोरिङको मोटर बिग्रीदा दुई दिनदेखि खानेपानीको धारा अबरुद्ध भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नंम्बर ७ मा रहेको डिप बोरिङको मोटर बिग्रीदा खानेपानीको धारा अबरुद्ध भएको हो ।

धारा अबरुद्ध भएपछि तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले उपभोक्ताहरुलाई ट्याङकर बाट पानी खुवाउदै आएको छ । मोतिपुर र राजापुरका करिब एक सय २५ घरधुरीलाई डिप बोरिङको खानेपानी बितरण गदै आएको खानेपानी संस्थाका सचिव सेवक राम भण्डारीले जानकारी दिनुभयो ।

उपभोक्ताहरुलाई धाराको पानी खुवाउनको लागि मोटर मर्मत र पाइप बिस्तारको काम भइरहेको सचिब भण्डारीले बताउनुभयो । उहाँले भोली साँझसम्म मर्मतको काम सकेर सेवा सुचारु हुने जानकारी दिनुभएको छ ।

खानेपानी संस्थामा नयाँ नेतृत्वका लागि आगामी चैत २ गते निर्वाचन हुँदैछ । अहिलेका बहालवाला अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य पदाधिकारी भने चुनावको प्रचारप्रसारमा व्यस्त रहेपछि सम्पूर्ण जिम्मेवारी सचिव भण्डारीलाई दिइएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्