पञ्चकन्या मुल समितीे को दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम



No description available.

पञ्चकन्या मुल समिती दंगीशरण ३ रावतगाउँको को दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम आज बुधवार सम्पन्न भएको छ । दोस्रो साधारण सभाले वार्षिक तथा आर्थीक प्रगती प्रतीवेदन प्रश्तुत गरेको छ । समितीका सदस्य मञ्जु चौधरीले प्रतीवेदन प्रश्तुत गर्दै ६ वटा मुल समुहमा कुल कोष ९ लाख ६ हजार २ सय ७५ र ९ लाख ६ हजार १ सय ५० लगानी रकम रहेको जानकारी गराउँनुभयो । यस्तै आय आर्जन तर्फ ८ लाख ४६ हजार १ सय ५० लगानी रकम र शिक्षा चाडपर्व, सुत्केरी, रासन, विवाह जस्ता घरायसी तर्फ ६० हजार खर्च भएको जानकारी दिनुभयो ।

No description available.
सामुदायीक समुहहरुको मेलमिलाप तथा एकता कायम गर्ने, सामुदायीक समुहमा योजना बनाउँने, सामाजीक विकृती विसंगतीको न्यूनीकरण गर्ने उद्धेश्यले गठन भएको मुल समितीले गाउँ समाजमा विभीन्न सामाजीक कार्यहरु गर्दै आएको छ । सामुहिक तरकारी खेती, बाटो झाडि सरसफाई, पशु पालन गरि आय आर्जनमा बृद्धि लगाएतका कार्यहरु गर्दै आएको छ । सहकर्मी समाजको कोशेली कार्यक्रम अन्र्तगत गठन भएको पञ्चकन्या मुल समितीमा ६ वटा समुहहरु ऋावद्ध छन् । जसमा लाभान्वीत सदस्यहरु १ सय २२ महिला र २ पुरुष गरि जम्मा १ सय २४ जना सदस्य रहेका छन् । मुल समितीमा १३ जना महिलाहरु मात्र आवद्ध सदस्यहरु छन् ।

No description available.
यस्तै मुल समितीले आज भव्यताका साथ तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मुल समितीका अध्यक्ष पार्वता कँडेलको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा वडा अध्यक्ष सुकलाल चौधरी, वडा सदस्य लक्ष्मण चौधरी, समृद्ध समाज दंगीशरणका अध्यक्ष दिल कुमारी वि.क, राजकुमारी चौधरी, सुनीता चौधरी, नेपाल पत्रकार महासंघ दाङ शाखा सह–सचिव दिप्तीशिखा चोधरी, दंगीशरण गाउँपालिका कृषि शाखा प्रमुख सरु भुषाल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

No description available.

No description available.
पञ्चकन्या मुल समितीको आयोजना समृद्ध समाज दंगीशरणको समन्वय तथा सहकर्मी समाजको सहयोगमा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागि चमेली समुह, मखमली समुह, त्रीवेणी समुह, सुर्यमुखी समुह, हरीयाली समुह र परिवर्तनसिल समुहका महिलाहरुले नृत्य प्रश्तुत गरेका थिए । कार्यक्रमको शहजीकरण ईश्वरी कँडेलले गर्नुभएको थियो ।

No description available.

No description available.

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार
प्रतिक्रिया दिनुहोस्