आज धेरै स्थानमा वर्षाको सम्भावना



जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर साधारणतया बदली छ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा आज दिउँसो मध्यम वर्षा हुने सम्भावना छ ।

यस्तै, सुदूरपश्चिमका केही स्थान र बागमती, गण्डकी, लुम्बिनी तथा कर्णालीका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

आज राति पनि देशभर बदली रहने र विभिन्न प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्