दङ्गिशरणकाे कुमारी बैंकमा एटीएम सेवा



दङ्गिशरण गाउँपालिकामा रहेकाे कुमारी बैंक लिमिटेड शाखाले एटिएम सेवा सुरु गरेको छ ।

आज आइतबार एक कार्यक्रमका बिच पालिका अध्यक्ष शम्भु गिरि र उपाध्यक्ष पिमा कुमारी वलीले  एटिएम सेवा सुचारु गर्नुभएको हाे ।

गाउँपालिका अध्यक्ष  गिरीले एटिएम सेवा सुभारम्भले चौबीस घण्टै कोहि कसैलाइ आकस्मिक अप्ठेरो पर्दा सहज हुने बताउनुभयो । याे सेवाले बैंकिङ सेवा थप प्रभावकारी हुने बताउनुभयो  । हरेक नागरिकलाइ छिटाेछरिताे  सेवा चाहिने भएकोले प्रबिधियुक्त सेवा प्रभावकारी हुने  बताउनुभयो ।

उपाध्यक्ष वलीले  प्रबिधिको युगमा समय सापेक्षित सेवाले समयको बचत हुने भएकोले  दंगीशरणवासीका लागि खुसिको कुरा रहेको बताउनुभयो  ।

सेवालाइ छिटो छरितो बनाउन सेवा सुरु गरेको शाखा प्रमुख एकराज के.सिले जानकारी दिनुभयो  । बिगत सात बर्षदेखि दंगीशरण बाट  सेवा सुभारम्भ गरेको एक मात्र  बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएकाे छ । एटीएम  सेवा सुरु भए संगै  बैंकिङ काराेवार गर्न चेक बोकि घण्टौ लाइन बस्नुपर्ने समस्या हट्ने अपेक्षा लिइएकाे छ ।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्