पाल्पामा जीप दुर्घटना ७ जनाको मृत्यु, ८ जना घाइते



जिप दुर्घटना हुँदा एकको मृत्यु, पाँच घाइते

पाल्पामा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मंगलबार तिनाउ गाउँपालिका–५, मस्यामको चिदिसमा भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जादै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा दुर्घटनामा परेको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमा प्रहरी र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

प्रकाशित मिति : २०८० फाल्गुन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्