तुलसीपुर खानेपानी निर्वाचन : चार हजार बढि मत खस्याे



तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि आज निर्वाचन हुँदैछ । अरनिको मैदानमा बिहान ८ बजेदेखि मतदान शुरु भएको हो ।

निर्वाचन समितिका संयोजक प्रदिप कुमार धितालका अनुसार दिउसाे २ बजेसम्म ४ हजार ३ सय ६८ मत खसेकाे छ ।  खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक धितालले बताउनुभयो ।

मतदान बेलुका साढे ४ बजेसम्म हुने तालिका छ । निर्वाचनका लागि उमेदवारलाई भोट दिन मतदाता बिहानैदेखि लाइनमा बसेका छन् । निर्वाचनले तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा यमकान्त भण्डारी, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्रबाट मनोज लामिछाने र नेकपा माओवादी केन्द्रसहित सात दलबाट सीताराम शर्मा चुनावी मैदानमा रहनुभएको छ ।

 

 

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्