नेकपा एमाले महासचिव शङ्कर पाेख्रेलले लाेकतन्त्रमा दुई पार्टी सरकारमा जानू उचित रहेको बताउनुभएको छ ।
महासचिव पोख्रेलले कमजोर राज्यले विकास र समृद्धिको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । नेतृत्व प्रति आशा र विश्वास श्रृजना नगरिकन देश नबन्ने बताउनुभयो ।” सरकार चलाउन बहुमत चाहिन्छ, याे मुलुक ठुलाे परिवर्तन पछाडि चुनाैतिकाे रुपमा देखा पर्याे, त्यसलाई सुल्झाउन दुई ठुला पार्टी मिल्न जरुरी छ । देश कसरी चलाउने भन्ने भिजन नहुनेहरुले देशलाई भड्खालोमा हाल्छन्, देश भिजन र नितिका आधारमा बनाउने हो ।” उहाँले भन्नुभयो ।
दाङ क्षेत्र नं. ३ ले तुलसीपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा वोल्दै महसचिव पोख्रेलले यस्तो बताउनुभएको हाे ।
“अहिले काे अवस्थामा सबैधानिक ब्यवस्थामा नया खालकाे निर्वाचन प्रणालि बनाएकाे छ । जनताकाे भावनाकाे कदर गर्ने भनेकाे जसले जनादेश प्राप्त गर्छ उसले नै नेतृत्व गर्छ भन्ने , काङ्ग्रेस र एमालेकाे सरकार ढलेमा देश संकटमा पर्नेछ । देश बचाउन दुई पार्टीकाे समिकरण हुन आवश्यक छ । देश सहि बाटाेमा डाेर्याउन सबै मिलेर सफल पार्नुछ ।”- महासचिव पाेख्रेलले भन्नुभयो ।
नेतृत्वकर्तामा दुरदर्शि नेतृत्व , बलियाे राजनीति गर्ने तरिका हुनुपर्ने बताउनुभयो । एमालेकाे नेतृत्वमा समाजवाद निर्माण गरि अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो । काम नगर्नेहरु लाई कमिटी बाट सम्मान पुर्वक बिदाइ गर्ने, कमिटी लाई क्रियासिल बनाउनका लागि जनताका समस्या संग जाेडिएर समस्या हल गर्ने कमिटि बनाउनुपर्ने , समाजका हरेक गतिविधिमा एमाले देखिनुपर्ने, यसलाई महत्त्वपूर्ण विषयका रुपमा लिनुपर्ने भन्दै सहि नीति भएर मात्र हुदैन त्यसलाई सहि ढङ्गले लागू गर्नुपर्ने बताउनुभयो ।
प्रचारकाे काम महत्त्वपूर्ण रहेकाे भन्दै हरेक मान्छे आफै मिडिया बन्नुपर्ने भन्दै हरेक कमिटिले प्रचार कमिटि बनाउनुपर्ने, हरेक वडामा १० युवा कमिटी गठन गर्नुपर्ने , युवाहरुकाे शिखर सम्मेलन गर्ने याेजना बनाउने, मिसन ८४ सफल पार्न जनताका बिचमा सफल नेतृत्व चयन गर्नुपर्ने , कमिटीलाइ कसरी सक्षम र प्रभावकारि बनाउने भन्नेमा चिन्तित हुनुपर्ने कुरामा जाेड दिनुभयो ।
भाैतिक पुर्वाधारमा धेरै ध्यान गएकाे तर जनताकाे आर्थिक जीवन उकास्नमा कसैले ध्यान नदिएकाले अब नेकपा एमाले उधम र ब्यवसाय संग जाेडिएकाे कामलाई अगाडि बढाउनुपर्ने , जिवनलाइ आधुनिक ब्यवसाय बाट अगाडि बढाउन साेच्नुपर्ने र लाग्नुपर्ने कुरामा जाेड दिनुभयो ।
क्षेत्रिय समन्वय कमिटिका संयोजक मेघराज भुसालको अध्यक्षतामा भएको कार्यक्रममा शिव प्रशाद शर्मा काङ्ग्रेस पार्टी परित्याग गरि एमालेमा प्रवेश गर्नु भएको थियाे ।
उपसंयोजक एमएन शाहको स्वागत मन्तब्य बाट सुरु भएको प्रशिक्षण कार्यक्रमको सहजीकरण सचिव टेक बहादुर वलीले गर्नुभएको थियो ।