दाङ २ मा रास्वपाका विपिनकुमार आचार्य निर्वाचित



दाङ निर्वाचन क्षेत्र न.२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिन कुमार आचार्य निर्वाचित हुनु भएको  छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार आचार्यले ४३ हजार ५ सय ५७ मत प्रााप्त गर्नु भएको छ ।

उहाँका निकटतम प्रतिद्दन्दि नेकपा एमालेका शङ्कर पाेख्रेलले १५ हजार २ सय ८२ मत प्रााप्त गर्नु भएको छ ।

यस्तै नेपाली काङ्ग्रेसका किरणकिशाेर घिमिरेले ११ हजार ५ सय ९ मत प्रााप्त गर्नु भएको छ । नेपाली कम्युनिस्ट पार्टीका निर्मल आचार्यले ७ हजार ८० मत प्रााप्त गर्नु भएको छ ।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस्